आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुख कक्षमा तालाबन्दी

राजविराज राजविराज
|
आइतबार, माघ १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुख कक्षमा तालाबन्दी

सारांश

  •     विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले जनाएका छन् ।
  •       उनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले पुस २७ गते गरेको विज्ञापन रद्द गर्न माँग समेत गरे ।
  • अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे ।

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
    सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको छ । 
    विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले जनाएका छन् । 
    उनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले पुस २७ गते गरेको विज्ञापन रद्द गर्न माँग समेत गरे । अध्यक्ष कर्णले विगत १५ वर्षदेखी कार्यरत आंशिक शिक्षकहरुको बौद्धिक शोषण, आर्थिक शोषण र मानसिक शोषण पश्चात् पनि क्याम्पस प्रशासनले करारको ठोस प्रक्रिया अगाडी नबढाएकोमा गम्भिर आपत्ति प्रकट गरे । 
    आन्दोलनका कार्यक्रम अनुसारनै माघ १० गते क्याम्पस प्रमुखलाई जानकारी पत्र बुझाएको र माघ १९ गते क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरिएको उनले जानकारी दिँदै माघ २० गतेदेखी कक्षा बहिष्कार र २३ गते धर्ना कार्यक्रम गर्ने बताए ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 
श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 
चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
महासंघको स्थापना दिवसमा  प्रभातफेरी तथा रक्तदान
महासंघको स्थापना दिवसमा  प्रभातफेरी तथा रक्तदान