दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
सप्तरीको खडग नगरपालिका ४ पंसेरा वन क्षेत्रबाट अवैध रुपमा वनजंगल फडानी गरि काठ तस्करी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही वडाका ४५ वर्षिय अशोक कुमार सदा रहेका छन् । काँधमा बोकेर सखुवाको काठ लिई जाँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
सदाको साथबाट साखुको २५ क्युवि फिट काठ बरामद गरिएको उनले बताए । उक्त काठको ७० हजार रुँपैया मुल्याङ्कन गरिएको छ ।
बुधबार नै बरामद काठसहित सदालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सप्तरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
तस्करीका काठसहित सदा पक्राउ
सारांश
- पक्राउ पर्नेमा सोही वडाका ४५ वर्षिय अशोक कुमार सदा रहेका छन् ।
- काँधमा बोकेर सखुवाको काठ लिई जाँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
- सदाको साथबाट साखुको २५ क्युवि फिट काठ बरामद गरिएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया