दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 

राजविराज राजविराज
|
सोमबार, जेठ २३, २०७९
|
|
१०६ पटक हेरिएको
Shares
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ३ स्थित छिन्नमस्ता भगवती मन्दिर नजिकै रहेको पार्किङ स्थलबाट भारत बिहार राज्य अन्तरगत मधुबनी उतरी ग्राम पंचायत वडा नं.
  • ५ निवासी २६ वर्षिय प्रकाश यादव, लौकही ग्राम पंचायत वडा नं.

दैनिक समाचारदाता
राजविराज, २३ जेठ । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट प्रहरीले दुई भारतीय युवकसहित तीन जनालाई लागु औषधसहित पक्राउ गरेको छ । 
    सो गाउँपालिका वडा नं. ३ स्थित छिन्नमस्ता भगवती मन्दिर नजिकै रहेको पार्किङ स्थलबाट भारत बिहार राज्य अन्तरगत मधुबनी उतरी ग्राम पंचायत वडा नं. ५ निवासी २६ वर्षिय प्रकाश यादव, लौकही ग्राम पंचायत वडा नं. २ बस्ने २० वर्षिय तुलसी कुमार दास र सप्तरीको छिन्नमस्ता वडा नं. २ निवासी १९ वर्षिय दिपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । 
    प्रहरीका अनुसार जेठ २१ गते साँझ साढे पाँच बजेतिर छिन्नमस्ता मन्दिर नजिकै रहेको पार्किङ स्थलमो बिआर ३२ एएल ४३५८ नं. को भारतीय मोटरसाइकलमा सावर तीनै जनालाई शंका लागी चेकजाँच गर्दा प्रतिबन्धीत लागु औषध फेला परेको हो । 
    यसरी फेला परेको लागुऔषधमा नाइट्राभेट ५ सय १० थान, डाइजेल्याब इन्जेकसन एक सय थान, फेनारगन इन्जेक्सन एक सय थान र बुफ्रेनोर्फिन इन्जेक्सन एक सय थान रहेको छ । 
    पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दा शिर्षक अन्तर्गत दर्ता गरी सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ