दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका ४ मा मगंलवारदेखि तिन दिने वाख्रा पालन तथा व्यवस्थापन तालिम आयोजना गरिएको छ ।
हरुवा चरुवाको जीवन स्तरमा सुधार र आत्मनिर्भर बनाउने उद्देश्यले मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन (हुर्क) नेपाल राजविराजको आयोजनामा सो तालिम दिइएको हो ।
स्थानियस्तर मै वाख्रा पालन गरेर व्यवसाय गर्न सकिने र सानो तिनो कामका लागी पनि साहु महाजनसँग श्रृण माँग्न जानु न परोस भन्ने उद्देश्यले हरुवा चरुवा परिवारलाइ लक्षित गरी तालिम सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष पार्थो सरकारले वताए ।
कार्यक्रमका सहयोगी संस्था द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार दिपेन्द्र ढकालले आर्थिक अभावमा कस्टकर जीवन विताइ रहेका हरुवा चरुवालाइ आर्थिक उपार्जनमा सहयोग पु¥याउन तीन दिने तालिमले सहयोग पुग्ने गरेको वताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश सिंहले थप आय आर्जन गर्न हरुवा चरुवाका लागी तालिम अवसर भएको वताउदै यसको लाभ उठाउन सहभागीलाइ आग्रह गरे ।
तिन दिने तालिममा सहभागी लाइ वाख्रा पालनको इतिहास, स्थानिय तथा उन्नत जातका वाख्रा पाल्ने तौर तरिका, वाख्राको खोर व्यवस्थापन, वाख्रामा लाग्ने विभिन्न खाले रोग र त्यसको उपचार र वाख्राको दाना तथा घास व्यवस्थापनका विषयमा पशु रोग विशेषज्ञ डा. बिजय बिक्रम रतन र डा. राहुल प्रताप सिंहले प्रशिक्षण दिई रहेका छन् । आयोजक समितिका अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा बरिष्ठ पशु रोग विशेषज्ञ डा. दिपक सिंह, पत्रकार मनोज माझी, आयोजक संस्थाका कोषाध्यक्ष राजकुमार भुजेल, वडा अध्यक्ष गोपी मण्डल लगायतले पनि शुभकामना दिदै तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतारेर अघि बढन सुझाव दिएका थिए ।
तालिममा उल्लेख्य संख्यामा सहभागी ४४ महिला सहित ५० जनालाई २ समूहमा विभाजन गरी तालिम प्रदानको व्यवस्था मिलाएको कार्यक्रम संयोजक पोतराज पोखरेलले जानकारी दिए ।
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा पालन तथा व्यवस्थापन तालिम सुरु
सारांश
- हरुवा चरुवाको जीवन स्तरमा सुधार र आत्मनिर्भर बनाउने उद्देश्यले मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन (हुर्क) नेपाल राजविराजको आयोजनामा सो तालिम दिइएको हो ।
- स्थानियस्तर मै वाख्रा पालन गरेर व्यवसाय गर्न सकिने र सानो तिनो कामका लागी पनि साहु महाजनसँग श्रृण माँग्न जानु न परोस भन्ने उद्देश्यले हरुवा चरुवा परिवारलाइ लक्षित गरी तालिम सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष पार्थो सरकारले वताए ।
- कार्यक्रमका सहयोगी संस्था द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार दिपेन्द्र ढकालले आर्थिक अभावमा कस्टकर जीवन विताइ रहेका हरुवा चरुवालाइ आर्थिक उपार्जनमा सहयोग पु¥याउन तीन दिने तालिमले सहयोग पुग्ने गरेको वताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया