दैनिक समाचारदाता
राजविराज, १० साउन ।
राजविराज नगरपालिकाले फोहर व्यवस्थापनका लागि मंगलबारदेखी नगर क्षेत्रका पसलहरुलाई डस्टबिन बितरण गर्ने कार्य शुभारम्भ गरेको छ ।
उपमेयर इसरत परवीनको नेतृत्वमा निस्केको नगरपालिका कर्मचारीको टोलीले बजार क्षेत्रका ५ सय पसललाई डस्टबिन बितरण गरेको हो ।
डस्टबिन बितरण गर्दै पसल संचालकहरुलाई फोहर सोही डस्टबिनमा राख्न र नगरपालिकाका सफाई कर्मचारीहरु ट्याक्टर लिएर आउँदा सोमा फोहर फ्याली सहयोग गरिदिन उपमेयर परवीनले आग्रह समेत गरिन् ।
उनले पसल बाहिर डस्टबिन राख्दा हराउने र चोरी हुने सम्भावना रहेकाले पसल बन्द गर्दा उक्त डस्टबिन सुरक्षित साथ राख्न समेत पसल संचालकहरुलाई भन्दै जथाभावी फोहर गर्नेलाई फोहर व्यवस्थापन नियमावली अन्तरगत कारवाही हुने भन्दै सचेत समेत गराएकी छिन् ।
सोही क्रममा नगरपालिकामा दर्ता भए नभएका पसलहरुको विवरण संकलन कार्य पनि गर्न थालिएको र दर्ता नभएका पसललाई अविलम्ब नगरपालिकामा दर्ता गराउन सचेत पनि गराउन थालिएको छ ।
यस्तै विगतमा नगरको फोहर संकलन बिहानको समयमा हुँदै आएकोमा अब साँझको समयमा समेत फोहर संकलन र व्यवस्थापनको काम हुने नगरपालिकाले जनाएको छ ।
फोहर व्यवस्थापनका लागि डस्टबिन बितरण
सारांश
- उपमेयर इसरत परवीनको नेतृत्वमा निस्केको नगरपालिका कर्मचारीको टोलीले बजार क्षेत्रका ५ सय पसललाई डस्टबिन बितरण गरेको हो ।
- डस्टबिन बितरण गर्दै पसल संचालकहरुलाई फोहर सोही डस्टबिनमा राख्न र नगरपालिकाका सफाई कर्मचारीहरु ट्याक्टर लिएर आउँदा सोमा फोहर फ्याली सहयोग गरिदिन उपमेयर परवीनले आग्रह समेत गरिन् ।
- उनले पसल बाहिर डस्टबिन राख्दा हराउने र चोरी हुने सम्भावना रहेकाले पसल बन्द गर्दा उक्त डस्टबिन सुरक्षित साथ राख्न समेत पसल संचालकहरुलाई भन्दै जथाभावी फोहर गर्नेलाई फोहर व्यवस्थापन नियमावली अन्तरगत कारवाही हुने भन्दै सचेत समेत गराएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया