नेता मण्डलले छाडे लोसपा

राजविराज राजविराज
|
शनिबार, जेठ २६, २०८१
|
|
६३ पटक हेरिएको
Shares
नेता मण्डलले छाडे लोसपा

सारांश

  •     उनले नेतृत्ववर्गको गलत निर्णयहरूका कारण मधेस आन्दोलनका अगुवाहरूमा निराशा छाएको समेत राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
  • २०६९ सालमा तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सहमहासचिवसम्मको जिम्मेवारीमा रहेका उनी पछि ६ दल मिलेर बनेको राजपाको केन्द्रीय सहमहासचिव बनेका थिए ।
  •     राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भई जनता समाजवादी पार्टी गठन भएपछि उनी केन्द्रीय सदस्य बनेका थिए ।

    राजविराज÷लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डलले शनिबार पार्टी परित्याग गरेका छन् ।
    सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी ४५ वर्षीय मण्डलले अध्यक्ष महन्थ ठाकुरलाई पठाएको राजिनामा पत्रमा नेतृत्वमाथि मधेशका जनताको भावना अनुसार पार्टी चलाउन नसकेको प्रमुख आरोप लगाएका छन् ।
    उनले केन्द्रीय समिति विस्तारमा सन्तुलन मिलाउन नसकेको, अधिवेशन गराउन नसकेको, गुटबन्दी र चाप्लुसीको भरमा पार्टी चलेको, जनताको एजेन्डालाई थाम्न नसकेको, गन्तव्यतर्फ अगाडि बढ्न नसकेको, जनताले दिएको अभिमत र समर्थनलाई सत्ता सहभागिताको जोड घटाउमा मात्र प्रयोग गर्ने गरेको तथा संगठन निर्माण र विस्तारका लागि कुनै ठोस योजनाहरू ल्याउन नसकेको लगायतका दर्जनौं आरोप र गुनासा राजिनामा पत्रमा उल्लेख गरेका छन् । 
    उनले नेतृत्ववर्गको गलत निर्णयहरूका कारण मधेस आन्दोलनका अगुवाहरूमा निराशा छाएको समेत राजिनामा पत्रमा उल्लेख गरेका छन् । २०६९ सालमा तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सहमहासचिवसम्मको जिम्मेवारीमा रहेका उनी पछि ६ दल मिलेर बनेको राजपाको केन्द्रीय सहमहासचिव बनेका थिए ।
    राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भई जनता समाजवादी पार्टी गठन भएपछि उनी केन्द्रीय सदस्य बनेका थिए । जसपा टुक्रिएपछि उनले ठाकुरको नेतृत्वमा बनेको लोसपा रोजेका थिए । मण्डलले आगामी राजनीतिक यात्राको निर्णय सम्पूर्ण साथीभाई, शुभचिन्तक र जनताको सल्लाह सुझावबाट केही दिनभित्रै तय गर्ने जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी 
छिन्नमस्ता मन्दिरमा हेल्थ डेस्कका साथै स्वास्थ्य सम्बन्धी सतर्कत अपनाइयो
अतिरिक्त हुलाक ऐन खारेज गर्नु  पर्छ ः प्रदेश कृषि मन्त्री साह
अतिरिक्त हुलाक ऐन खारेज गर्नु  पर्छ ः प्रदेश कृषि मन्त्री साह
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु