विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी

राजविराज राजविराज
|
मंगलबार, भाद्र ४, २०८१
|
|
१०८ पटक हेरिएको
Shares
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी

सारांश

  •     जनता आधारभुत विद्यालय सिम्राहा सिगियोनमा विद्यालय अनुगमनका क्रममा बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, शिक्षा समिति सदस्य तथा वडा न १ का अध्यक्ष बलराम यादव, शिक्षा संयोजक रामेन्द्रनाथ यादव समेतको टोलीले अनुगमनका क्रममा सो दृश्य देखेपछि सामाजिक संजालमै फोटो पोष्ट गरेर शिक्षा र विद्यालयको अवस्था बारे चित्रण गरेका छन् ।
  •       गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले सामाजिक संजालमा शिक्षक कक्षा कोठामा सुतिरहेको पोष्ट गर्दै लेखेका छन्, “बिहानको ११.
  • ३० बजे जनता आधारभूत विधालय सिम्राहा सिगियोनमा छडके गर्दा शिक्षक लाल बहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव कक्षा कोठामै विधार्थी पढ्ने र शिक्षक पढाउने किताब सिरानी बनाई सुतिरहेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ भदौं । 

    सप्तरीको विष्णुपुर गाउँपालिकाको विभिन्न विद्यालयहरुको अनुगमनका क्रममा मंगलबार एक विद्यालयका शिक्षक कक्षा कोठामै पुस्तकको सिरानी बनाएर सुतेको अवस्थामा भेटिएका छन् । 
    जनता आधारभुत विद्यालय सिम्राहा सिगियोनमा विद्यालय अनुगमनका क्रममा बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, शिक्षा समिति सदस्य तथा वडा न १ का अध्यक्ष बलराम यादव, शिक्षा संयोजक रामेन्द्रनाथ यादव समेतको टोलीले अनुगमनका क्रममा सो दृश्य देखेपछि सामाजिक संजालमै फोटो पोष्ट गरेर शिक्षा र विद्यालयको अवस्था बारे चित्रण गरेका छन् । 
    गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले सामाजिक संजालमा शिक्षक कक्षा कोठामा सुतिरहेको पोष्ट गर्दै लेखेका छन्, “बिहानको ११.३० बजे जनता आधारभूत विधालय सिम्राहा सिगियोनमा छडके गर्दा शिक्षक लाल बहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव कक्षा कोठामै विधार्थी पढ्ने र शिक्षक पढाउने किताब सिरानी बनाई सुतिरहेका थिए ।”
    त्यस्तै ११ बजेको समयमा पालिका अन्तर्गतका जनता मावि खुरहुरियामा अनुगमन गर्दा केहि शिक्षक शिक्षिका अनुपस्थित रहेको र आधारभूत विधालय मुसहर्नियामा पनि शिक्षक, शिक्षिकाहरु अनुपस्थित रहेको सोही पोष्टमा उल्लेख गरिएको छ ।
    गुणस्तरीय शिक्षाको कुरा गर्दा विभिन्न बहानाबाजी गरि अनुपस्थित रहने र केही राजनीतिक व्यक्तिहरुको आडमा आन्दोलनमै जाने प्रवृति शिक्षकहरुको रहेको गाउँपालिका अध्यक्ष उमेशकुमार यादवको प्रतिक्रिया छ । 
    “म निर्वाचित भएपछि पालिकाको शिक्षामा सुधार ल्याउन पटक पटक अनुमगन तथा शिक्षकहरुलाई पढाईमा ध्यान दिन आग्रह गरेपनि उहाँहरु सुध्रिन नसकेकोमा दुःख लागेको छ भन्दै  उनले भने, “लाखौंको लगानी शिक्षामा गरेपनि शिक्षकहरुको यस्तो रवैयाले बालुवामा पानी हाले सरह भएको छ र विद्यार्थीको भविष्य अन्यौलग्रस्त बन्दैछ ।”
    “शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सकिन्छ, नेपालमै पनि गुणस्तरिय शिक्षाको नारा विगत एक दशकदेखी घन्काइए पनि यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ” उनले सामाजिक संजाल मार्फत प्रश्न गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी