मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते

राजविराज राजविराज
|
सोमबार, चैत्र ९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते

सारांश

  •     मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.
  • ४ निवासी १५ वर्षिय विवेक कुमार मण्डल छन् भने हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • १० इनर्वा वस्ने हरि १५ वर्षिय कौशल मण्डल घाइते भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    राजविराज हनुमाननगर सडकखण्ड अन्तरगत वडा नं. १५ खाँडो पुल नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 
    मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ निवासी १५ वर्षिय विवेक कुमार मण्डल छन् भने हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० इनर्वा वस्ने हरि १५ वर्षिय कौशल मण्डल घाइते भएका छन् । राजविराजबाट हनुमाननगरतर्फ जादै गरेको अनटेष्ट मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक र पछाडी सवार दुबै जना घाईते भएका थिए । दुबैलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएकोमा विवेकको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यस्तै सोहि मोटरसाइकल पछाडी सवार कौशलको टाउको र छातिमा चोट लाग्दा अवस्था गम्भिर रहेकोले उपचारका लगि विराटनगरतर्फ पठाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?