स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

राजविराज राजविराज
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
१२० पटक हेरिएको
Shares
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

सारांश

  •     गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा हङकङमा सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका अजित यादवलाई ५१ हजार नगदसहित सम्मान गरेको छ ।
  •     यस्तै २०७५ सालको एस.
  • ई.

दैनिक समाचारदाता
राजविराज, ५ फागुन । 
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले सोमबार स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । 
    गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा हङकङमा सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका अजित यादवलाई ५१ हजार नगदसहित सम्मान गरेको छ ।
    यस्तै २०७५ सालको एस.ई.ई. परिक्षामा गाउँपालिका स्तरमा सर्वाधिक अंक ल्याई उत्रिर्ण हुने १० जना छात्र छात्राहरुलाई ल्यापटप र साईकल उपहार सहित सम्मान गरिएको छ । 
    सम्मान पाउने छात्र छात्राहरुमा गाउँपालिकाका राम कुमार ईसर, मुनी कुमारी झा, अरुणा राय, सुरुची सिंह, भास्कर झा, कुशुम कुमारी मिश्रा, मानती कुमारी यादव, रामबाबु मण्डल, अनुराधा कुमारी पैकडा र प्रकाश मण्डल छन् । 
    त्यस्तै गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा रही शिक्षा क्षेत्रका योगदान पु¥याई हालै सेवा निवृत भएका तीन जना प्रधानाध्यपाकहरुलाई पनि सम्मानित गरिएको छ । 
    उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, निमिति प्रमुख प्रशासकिय अधिकृत राजु झा लगायतले नगद, उपहार तथा कदर पत्रबाट सम्मान गरेका थिए । 
    गाउँपालिका भित्र विभिन्न विद्यालयमा अध्यनरत छात्र छात्रालाई नियमित विद्यालय जान र प्रोत्साहन गर्न साईकल र ल्यापटप वितरण गरिएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताएका छन् ।
    सो गाउँपालिकाले गत वर्षदेखि नै एस.ई.ई. परिक्षमा गाउँपालिका स्तरमा सर्वाधिक अंक ल्याई उतिर्ण हुने १० जना छात्र छात्रालाई प्रोत्साहन स्वरुप साईकल र ल्यापटप उपहार दिने कार्यक्रम संचालनमा ल्याएको हो । 
    यस्तै फागुन अन्तिम सातामा नगद पुरस्कार सहितको साईकल रेस र हाफ म्याराथुन प्रतियोगिताको आयोजना समेत गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले जानकारी दिए । 
    तिलाठी कोईलाडी गाउँपालिकाका सूचना अधिकारी राजेश झाद्वारा संचालित कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे निमित प्रमुख प्रशासकिय अधिकृत झाले प्रकाश पारेका थिए भने समाजसेवी देव नारायण यादव, प्रधानाध्यापक प्रदिप कुमार मण्डल, रमेश कुमार झा लगायतले गाउँपालिकाको सर्वाङ्गिण विकासका लागि यस्ता प्रोत्साहन कार्यक्रमले ठूलो टेवा पुग्ने धारणा राखेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी