सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास

राजविराज राजविराज
|
बुधबार, चैत्र ९, २०७८
|
|
११३ पटक हेरिएको
Shares
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास

सारांश

  •     दुबै सडक खण्डको बुधबार जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
  •       सडक खण्डको शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले राजामहाराजाको शासनकालमा तराई मधेशको उपेक्षा गरि उत्तरतिरबाट पूर्वपश्चिम राजमार्ग निर्माण गरिदा तराई मधेशको विकास हुन नसकेको उनले जिकिर गर्दै शिक्षापछि देशको उन्नतीमा यातायात क्षेत्रकै भूमिका महत्वपूर्ण रहने बताए ।
  •     तराई मधेशको बीच भागबाट सडक निर्माण गर्दा बढी जनता लाभान्वित हुने र वन जंगलको पनि सुरक्षा हुने कुरालाई वास्ता नगरि बनाइएको पूर्वपश्चिम राजमार्गबाट उल्टै वन जंगलको विनास भएको उनको आरोप छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 
    सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास गरिएको छ । जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता–राजविराज दुई लेन तथा रुपनी–राजविराज चार लेन सडकखण्डको बुधबार शिलान्यास गरिएको हो । 
    दुबै सडक खण्डको बुधबार जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 
    सडक खण्डको शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले राजामहाराजाको शासनकालमा तराई मधेशको उपेक्षा गरि उत्तरतिरबाट पूर्वपश्चिम राजमार्ग निर्माण गरिदा तराई मधेशको विकास हुन नसकेको उनले जिकिर गर्दै शिक्षापछि देशको उन्नतीमा यातायात क्षेत्रकै भूमिका महत्वपूर्ण रहने बताए ।
    तराई मधेशको बीच भागबाट सडक निर्माण गर्दा बढी जनता लाभान्वित हुने र वन जंगलको पनि सुरक्षा हुने कुरालाई वास्ता नगरि बनाइएको पूर्वपश्चिम राजमार्गबाट उल्टै वन जंगलको विनास भएको उनको आरोप छ ।
    सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दुई÷तिन महिनाको प्रयासपछि ४० करोड रुँपैया थप बजेट व्यवस्था गरेर रुपनी–राजविराज सडकलाई फोर लेनमा र राजविराज–छिन्नमस्ता सडकलाई दुई लेनमा बिस्तार गर्ने काम सुनिश्चित भएको बताइन् । 
    उनले भारतको सीमावर्ती क्षेत्र न्योरबाट सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने दुई लेन सडकको लागि आवश्यक बजेट व्यवस्था गरेर यसै आर्थिक वर्षबाट काम सुरु गरिने जानकारी पनि दिइन् । 
    भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रनाथ श्रेष्ठको अध्यक्षतामा आयोजित शिलान्यास समारोहलाई मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, जसपाका कार्यकारिणी सदस्य एवं राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, पण्डि रामकुमार शास्त्रीलगायतले उक्त आयोजनाबाट सप्तरी मात्र नभई मुलुककै समृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
महादेव मन्दिर परिसरको इनारमा सर्प 
महादेव मन्दिर परिसरको इनारमा सर्प 
के हो माइग्रेन ?
के हो माइग्रेन ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी