दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास गरिएको छ । जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता–राजविराज दुई लेन तथा रुपनी–राजविराज चार लेन सडकखण्डको बुधबार शिलान्यास गरिएको हो ।
दुबै सडक खण्डको बुधबार जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
सडक खण्डको शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले राजामहाराजाको शासनकालमा तराई मधेशको उपेक्षा गरि उत्तरतिरबाट पूर्वपश्चिम राजमार्ग निर्माण गरिदा तराई मधेशको विकास हुन नसकेको उनले जिकिर गर्दै शिक्षापछि देशको उन्नतीमा यातायात क्षेत्रकै भूमिका महत्वपूर्ण रहने बताए ।
तराई मधेशको बीच भागबाट सडक निर्माण गर्दा बढी जनता लाभान्वित हुने र वन जंगलको पनि सुरक्षा हुने कुरालाई वास्ता नगरि बनाइएको पूर्वपश्चिम राजमार्गबाट उल्टै वन जंगलको विनास भएको उनको आरोप छ ।
सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दुई÷तिन महिनाको प्रयासपछि ४० करोड रुँपैया थप बजेट व्यवस्था गरेर रुपनी–राजविराज सडकलाई फोर लेनमा र राजविराज–छिन्नमस्ता सडकलाई दुई लेनमा बिस्तार गर्ने काम सुनिश्चित भएको बताइन् ।
उनले भारतको सीमावर्ती क्षेत्र न्योरबाट सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने दुई लेन सडकको लागि आवश्यक बजेट व्यवस्था गरेर यसै आर्थिक वर्षबाट काम सुरु गरिने जानकारी पनि दिइन् ।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रनाथ श्रेष्ठको अध्यक्षतामा आयोजित शिलान्यास समारोहलाई मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, जसपाका कार्यकारिणी सदस्य एवं राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष सुमन, पण्डि रामकुमार शास्त्रीलगायतले उक्त आयोजनाबाट सप्तरी मात्र नभई मुलुककै समृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास
सारांश
- दुबै सडक खण्डको बुधबार जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
- सडक खण्डको शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले राजामहाराजाको शासनकालमा तराई मधेशको उपेक्षा गरि उत्तरतिरबाट पूर्वपश्चिम राजमार्ग निर्माण गरिदा तराई मधेशको विकास हुन नसकेको उनले जिकिर गर्दै शिक्षापछि देशको उन्नतीमा यातायात क्षेत्रकै भूमिका महत्वपूर्ण रहने बताए ।
- तराई मधेशको बीच भागबाट सडक निर्माण गर्दा बढी जनता लाभान्वित हुने र वन जंगलको पनि सुरक्षा हुने कुरालाई वास्ता नगरि बनाइएको पूर्वपश्चिम राजमार्गबाट उल्टै वन जंगलको विनास भएको उनको आरोप छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया