महादेव मन्दिर परिसरको इनारमा सर्प 

राजविराज राजविराज
|
सोमबार, कार्तिक २२, २०७८
|
|
८८ पटक हेरिएको
Shares
महादेव मन्दिर परिसरको इनारमा सर्प 

सारांश

  •     मन्दिर परिसरमा रहेको इनार भित्र करिब १०÷११ फिट लामो र ४÷५ इन्ची मोटाई भएको गोमन सर्प दुई दिनदेखि देखिएको हो ।
  •       शनिवार राती केही हलचल महशुस भएपछि टर्च बालेर उक्त इनारमा हेर्दा सर्प तैरिरहेको देखेको मन्दिरका पुजारी महेश्वर भारतीले बताए ।
  • मन्दिर परिसरमा रहेको उक्त इनार विगत १० वर्ष देखी प्रयोग विहीन अवस्थामा रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 
    राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिरमा दुई दिनदेखी एक सर्प देखा परेको छ । 
    मन्दिर परिसरमा रहेको इनार भित्र करिब १०÷११ फिट लामो र ४÷५ इन्ची मोटाई भएको गोमन सर्प दुई दिनदेखि देखिएको हो । 
    शनिवार राती केही हलचल महशुस भएपछि टर्च बालेर उक्त इनारमा हेर्दा सर्प तैरिरहेको देखेको मन्दिरका पुजारी महेश्वर भारतीले बताए । मन्दिर परिसरमा रहेको उक्त इनार विगत १० वर्ष देखी प्रयोग विहीन अवस्थामा रहेको छ । 
    उक्त सर्पलाई ब्यवस्थापन गर्न जिल्ला बन कार्यालयले तयारी गरेको छ । विदा परेकाले सोमवार कार्यालय खुल्ना साथ कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासनको सहयोगमा उक्त सर्पको उद्धार गरी ब्यवस्थापन गर्ने तयारी रहेको डिभिजन वन कार्यालय राजविराजका  प्रमुख सन्तोष झाले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?