सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा

राजविराज राजविराज
|
बिहिबार, आश्विन २७, २०७९
|
|
६८ पटक हेरिएको
Shares
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा

सारांश

  •     यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.
  • सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् ।
  •       यीनै उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 

    सप्तरीमा अहिले प्रतिनिधिसभा क्षेत्र नं. २ सर्वाधिक चासो र चर्चाको विषय बनेको छ । यहाँबाट प्रतिनिधीसभा सदस्य पदमा दुई राष्ट्रिय अध्यक्ष र एक केन्द्रिय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको हो । 
    यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । 
    यीनै उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । सत्ता गठन्धनबाट लोसपाका ठाकुर उम्मेदवार छन । विपक्षी गठबन्धन घटक एमाले–जसपाबाट जसपाका राष्ट्रिय अध्यक्ष यादव उम्मेदवार छन । यादव यसै क्षेत्रका निर्वतमान प्रत्यक्ष तर्फ निर्वाचित प्रतिनिधीसभा सदस्य हुन् । जनमत पार्टीबाट राष्ट्रिय अध्यक्ष डा.सिके राउत पहिलो पल्ट चुनावी मैदानमा छन् । जनमत पार्टी यहाँ कुनै दल संग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छन् । 
    २०७४ को निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली काँग्रेस समेतको सर्मथनमा उम्मेदवार रहेका यादव २१ हजार ६ सय २० मत प्राप्त गरी विजयी भएका थिए । त्यति बेला निकटतम प्रतिद्वन्दी रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत प्राप्त गरेका थिए । तेश्रो स्थानमा भने स्वतन्त्र उम्मेदवारी दिएका जय प्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत प्राप्त गरेका थिए । 
    तर यस पटक परिस्थिती र गठबन्धन दुबै फेरिएको छ । यस पटक त रोचक के छ भने २०७४ सालको निर्वाचनमा निकटतम प्रतिद्वन्दी रहेका माओवादी केन्द्रका उमेश यादव अहिले फरक गठबन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी अहिले सत्ताधारी दलको गठबन्धनबाट प्रदेशसभा सदस्यमा २ को ख बाट चुनावी मैदानमा छन् । 
    यस्तै अर्काे पुराना प्रतिस्पर्र्धी जय प्रकाश ठाकुर सत्ताधारी दलकै गठबन्धनका साझा उम्मेदवार बनी जसपा अध्यक्ष यादव संग प्रतिस्पर्धामा उत्रेका छन् । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिई पराजित भएका ठाकुरले लोसपामा प्रवेश गरेपछी लोसपाको कोटाबाट सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार बनेका हुन् । 
    उतिबेला फोरम र राजपाको गठबन्धन हुदा अध्यक्ष यादवलाई काँग्रेसको पनि साथ थियो । तर अहिले तत्कालिन राजपा र वर्तमानको लोसपाका उम्मेदवार ठाकुरले काँग्रेसको मात्र होइन, माओवादी केन्द्र र एकिकृत समाजवादीको पनि साथ पाएको छ । 
    जसपाले कट्टर विरोधी मान्दै आएको एमाले संग अहिले गठबन्धन गरेको छ भने लोसपा सत्ता गठबन्धन संग छ । यति बेला यस क्षेत्रमा काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको साथ पाएकाले आफु झन बलियो भएको सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका ठाकुरको दाबी छ । 
    राजविराज नगरपालिका सहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीयतहको निर्वाचनमा २ गाउँपालिकामा लोसपा र १ गाउँपालिकामा काँग्रेसले जित हात पारेको छ । राजविराज नगरपालिकामा भने जसपाले जित हात पारेको छ । गत स्थानीयतहको निवाचनमा जसपाले १५ हजार ३ सय ७५ र एमालेले ३ हजार ६ सय ९३ मत प्राप्त गरेको थियो । यस्तै काँग्रेसले १३ हजार ३ सय १५, लोसपाले १३ हजार ५ सय ४८, माओवादी केन्द्रले ७ हजार ७ सय ७६ र एकिकृत समाजावादीले ३ हजार २ सय ७१ मत ल्याएको थियो । 
    यसरी हालै समपन्न स्थानीयतहको मत जोडदा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार ८ सय ९२ पुग्छ । यस आधारमा पनि आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षिय गठबन्धनका साझा उम्मेदवारबाट ठाकुरको दाबी छ । 
    यता स्वतन्त्र मधेशको मुदा थाँती राखी शान्तिपुर्ण राजनितीमा आएर किसानको मुद्धा चर्काउदै विशेष चर्चामा आएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षि गठबन्धन दुबैको धैरै मत तान्ने कतिपयको बुझाई छ । आफ्नो ब्यक्तित्व, लाखौं वेरोजगार युवालाई स्वदेश मै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार लगायत विषयमा गरेको प्रतिबद्धताले जनता यस पल्ट आफुलाई अवसर प्रदान गर्नेमा विस्वशत रहेका डा.राउतको भनाई छ । 
    जनताले डेटएक्सपायर भएका पुराना नेतालाई होइन, “मेरो निस्र्वाथ भावनालाई हेरेर मलाई सहयोग गर्नेमा विश्वस्त छु उनले भने ।”
    जसपा अध्यक्ष उपेन्द्र यादले भने २०७४ को निर्वाचन जितेपछि आफुले यस क्षेत्रको विकासका लागी निस्वार्थ भइ धेरै काम गरेकाले जनताले यस पल्ट पनि आफुलाइ नै जिताउने बताउदै आएका छन् । यो जिल्ला  र क्षेत्रमा कृषि विश्वविद्यालय, जिर्ण अवस्थामा रहेको गजेन्द्र नााराण सिह अस्पालतमा सुधार, नर्सिङ कलेज, रामराजा प्रसाद सिंह स्वाथ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक संजालको निर्माण र विस्तार लगायतका थुप्रै संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले अवश्य आफ्नो कामको मुल्याँकन गरेर अर्काे पाँच वर्ष यो क्षेत्रलाई थप सेवा प्रदान गर्न मौका दिने उनको भनाई छ । 
    यादव र डा.राउत दुबैको घर यसै क्षेत्र अन्र्तगतको महदेवा गाउँपालिकामा पर्छ । सत्ता गठबन्धनको उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ । एमालेले मेचि महाकाली अभियानको क्रममा २०७३ फागुन २३ गते अध्यक्ष केपी ओलीको उपस्थितीमा भईरहेको आमसभा विथोल्न पुगेका मधेशवादी दलका कार्यकर्तामाथी प्रहरीले गोली चलाउदा ५ जनाको ज्यान गएको थियो । 
    त्यही ओली नेतृत्वको एमालेसंग जसपाले गठबन्धन गरेको भन्दै विपक्षीले त्यसलाई पनि ठुलो अस्त्रको रुपमा प्रयोग गरिरहेका छन् । यस्तो अस्त्रलाई रोक्न जसपाका नेता तथा कार्यकर्ताले एमाले संग गठबन्धन नभई केही सिटमा “तालमेल” मात्र गरेको र विगतको मुदा कायमै रहेको तर्क दिदै विपक्षीको अस्त्रलाइ कमजारे पार्ने र मतदातालाई आश्वस्त पार्ने प्रयास गरीरहेका छन् । तर सत्ता गठबन्धन र विपक्षी गठबन्धन मध्ये कस्को अस्त्रले मतदातालाई प्रभाव पार्ने हो ? भन्ने कुरा मंसिर ४ पछि मात्र थाहा हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन । 
    ५१ हजार ३७ पुरुष, ४४ हजार ३ सय ५५ महिला तथा अन्य २ गरी कुल ९्र५ हजार ३ सय ९४ मतदाता रहेको यस क्षेत्रमा नेपाली जनता दलका चन्द्र कुमारी देव, राप्रपाका कैला मंसुरी मियाँ, राप्रपा नेपालका हजरत अली, नेमकिपाका देव नारायण यादव, हाम्रो नेपाल पार्टीका डम्बर नारायण साह, राष्ट्रिय स्वतन्त्र पार्टीका बरुण कुमार झा, पिछडा वर्ग निषाद दलित पार्टीका सुमित्रा मण्डल, नेपाल संघिय समाजवादी पार्टीका प्रमिला देवी मण्डल, नेपाली काँग्रेस (विपी) का प्राध्यापक डा.चिरिन्जीवी लाल देव सहित ४ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लक्ष्मीको हत्या भएको परिवारको दाबी
लक्ष्मीको हत्या भएको परिवारको दाबी
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी