आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा

राजविराज राजविराज
|
बुधबार, जेठ ३०, २०८१
|
|
२०२ पटक हेरिएको
Shares
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा

सारांश

  •     राज्यको चौथो अंगका रुपमा रहेको संचारक्षेत्र र संचारकर्मीको निश्पक्ष तथा वस्तुगत रिर्पोटिङले प्रशासनलाई बल प्रदान गर्ने उनले बताउँदै शान्ति सुरक्षा व्यवस्थित र भरपर्दाे बनाउन सबै पक्षको सहयोग र सुझाव समेत मागेका छन ।
  •       प्रशासन र संचार क्षेत्रको कार्य जिम्मेवारी फरक भएपनि दुबैको उद्देश्य समाजमा शान्ति सुरक्षा तथा राष्ट्र र राष्ट्रवासीको कल्याणमा लाग्नु नै रहेको बताउँदै उनले आफु संचारकर्मीहरु संग सहकार्य गर्दै अघि बढने बताए ।
  •       आफ्नो कार्यालय भित्र पनि विचौलियालाई निषेध तथा सेवालाई चुस्त दुरुस्त बनाउनुका साथै सप्तरीको जन प्रशासनलाई सुधार्न समेत आफुले हरदम प्रत्यत्न गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज ३०, जेठ ।  

    सप्तरीका प्रमुख जिल्ला अधिकरी मेखबहादुर मंग्रातीले तथ्यगत सूचना दिएर सम्भावित आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु¥याउनु संचारकर्मीसँग अपेक्षा राखेका छन् ।     पाँच दिन अघि मात्र पाँचथरबाट सरुवा भएर सप्तरी आईपुगका उनले बुधवार आफ्नो कार्यकक्षमा पत्रकारहरु संगको भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी यस्तो अपेक्षा राखेका हुन् । 
    राज्यको चौथो अंगका रुपमा रहेको संचारक्षेत्र र संचारकर्मीको निश्पक्ष तथा वस्तुगत रिर्पोटिङले प्रशासनलाई बल प्रदान गर्ने उनले बताउँदै शान्ति सुरक्षा व्यवस्थित र भरपर्दाे बनाउन सबै पक्षको सहयोग र सुझाव समेत मागेका छन । 
    प्रशासन र संचार क्षेत्रको कार्य जिम्मेवारी फरक भएपनि दुबैको उद्देश्य समाजमा शान्ति सुरक्षा तथा राष्ट्र र राष्ट्रवासीको कल्याणमा लाग्नु नै रहेको बताउँदै उनले आफु संचारकर्मीहरु संग सहकार्य गर्दै अघि बढने बताए । 
    आफ्नो कार्यालय भित्र पनि विचौलियालाई निषेध तथा सेवालाई चुस्त दुरुस्त बनाउनुका साथै सप्तरीको जन प्रशासनलाई सुधार्न समेत आफुले हरदम प्रत्यत्न गर्ने उनले प्रतिबद्धता जनाएका छन् । 
    सो अवसरमा प्रत्रकारहरुले जिल्लामा लागु औषध, खुला सीमानाका कारण हुने गरेको चोरी तस्करी, अस्तव्यस्त ट्राफिक तथा विभिन्न पालिकाले मागेको सूचना समयमै दिन आलटाल गर्ने गरीएको लगायतका समस्यातर्फ ध्यानाकर्षण गराउँदै यसका लागी आवश्यक पहल गर्न प्रजिअ मंग्रातीलाई सुझाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?