दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
अन्तराष्ट्रिय चेस प्रतियोगितामा स्वर्ण पदक बिजेता सिंघेश्वर दासलाई नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीले शुक्रबार सम्मान गरेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न भएको शेख रसेल कपका स्वर्ण पदक बिजेता ५७ वर्षिय दास राजविराज ३ निवासी हुन् । राजविराजमा मञ्चका अध्यक्ष मनोज कुमार माझीले उनलाई कदरपत्र र खादाबाट सम्मान गरेका हुन् ।
मुलुकका साथै जिल्लाकै नाम अन्तराष्ट्रिय स्तरमा चिनाएकाले दासलाई सम्मान गरिएको बताइएको छ । मञ्चका अध्यक्ष माझीले सम्मान गर्दै दासले प्राप्त गरेको पदकले जिल्लाको समेत नाम उच्च भएको बताउँदै आगामी दिनमा आफ्नो कलाकौशल, क्षमता र मिहिनेतले दासलाई थप स्वर्ण पदक ल्याउन सफलता मिलोस् भनी शुभकामना दिए ।
कात्तिक ४ गते सम्पन्न प्रतियोगितामा स्वर्ण पदकसहित उनले नगद ५१ हजार पुरस्कार राशी हात पारेका थिए । प्रतियोगितामा भुटान, श्रीलंका, बंगलादेश, मालदिभ्स, पाकिस्तान र नेपालका गरि ६ राष्ट्रका खेलाडी सहभागि थिए ।
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित
सारांश
- बंगलादेशको ढाकामा सम्पन्न भएको शेख रसेल कपका स्वर्ण पदक बिजेता ५७ वर्षिय दास राजविराज ३ निवासी हुन् ।
- राजविराजमा मञ्चका अध्यक्ष मनोज कुमार माझीले उनलाई कदरपत्र र खादाबाट सम्मान गरेका हुन् ।
- मुलुकका साथै जिल्लाकै नाम अन्तराष्ट्रिय स्तरमा चिनाएकाले दासलाई सम्मान गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया