दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान मनाउन विपन्न समुदायलाई लक्षित गरी सप्तरीमा एक मुस्लिम संस्थाले “रमजान दान अभियान” सुरु गरेको छ ।
मुस्लिम समाज सेवा नेपालले जिल्लाको खडक नगरपालिका ८ विसनपुरमा एकल महिला, असहाय, असक्त तथा अति विपन्न ३५ मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामाग्रि बितरण गरेको छ ।
अभियानको पहिलो दिन विपन्न वर्गका ३० महिला र ५ पुरुषलाई रमजान मनाउन खाद्यान्न बितरण गरिएको अध्यक्ष अनवर अलीले जानकारी दिए । प्रतिपरिवारलाई एक महिना पुग्ने गरी चामल, दाल, चना, सोयाबिन, खाने तेल, चिनी, सेवई, च्यूरा, मुरही, नुन लगायतको सामाग्रि बितरण गरिएको छ ।
करिब एक महिना सम्म चल्ने रमजान पर्व मनाउन मुस्लिम समुदायका विपन्न परिवारलाई कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाइएको अध्यक्ष अलीले भनाई छ ।
विदेशमा रहेका नेपाली दाजुभाईको सहयोग तथा आफ्नो निजि खर्च समेत लगानी गरेर रमजानमा खाद्यान्न दान अभियान चलाइएको र यो अभियान जिल्लाका अन्य विपन्न बस्तीमा पनि क्रमिक रुपमा पुग्ने उनको विश्वास छ ।
रमजानको समयमा खाद्यान्न अभावका कारण कुनै पनि मुस्लिम परिवारलाई समस्या नहोस् भन्ने उद्देश्यले यो अभियान चलाइएको अध्यक्ष अलीको भनाई छ ।
सो अवसरमा अभियानका सहयोगि मो. लुकमान, तबरेज आलम, संजय साह, अफरोज आलम लगायतलाई आयोजक संस्थाको तर्फबाट नेपाली टोपी र खादा लगाएर सम्मान गरिएको थियो ।
“रमजान दान अभियान” सुरु
सारांश
- मुस्लिम समाज सेवा नेपालले जिल्लाको खडक नगरपालिका ८ विसनपुरमा एकल महिला, असहाय, असक्त तथा अति विपन्न ३५ मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामाग्रि बितरण गरेको छ ।
- अभियानको पहिलो दिन विपन्न वर्गका ३० महिला र ५ पुरुषलाई रमजान मनाउन खाद्यान्न बितरण गरिएको अध्यक्ष अनवर अलीले जानकारी दिए ।
- प्रतिपरिवारलाई एक महिना पुग्ने गरी चामल, दाल, चना, सोयाबिन, खाने तेल, चिनी, सेवई, च्यूरा, मुरही, नुन लगायतको सामाग्रि बितरण गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया