करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
५१३ पटक हेरिएको
Shares
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प

सारांश

  • करिब डेढ महिनाअघि आन्तरिक राजश्व कार्यालय लहानले नगरपालिकालाई करदाता सेवा शाखा संचालनका लागि अनुमति दिएपछी विधिवत् रुपमा शाखाको उद्घाटन गरि संचालनमा ल्याइएको हो ।
  • सोही समयदेखी करदाता सेवा शाखाले पालिकाको राजश्व शाखाको कम्प्युटर सापटी लिएर सेवा प्रदान गर्दै आइरहेको थियो ।
  • तर, शुक्रबार सो कम्प्युटर राजश्व शाखाले आफ्नै कामका लागि फिर्ता लिएपछी करदाता सेवा शाखाको सम्पूर्ण कामकाज प्रभावित भएको हो ।
दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 
राजविराज नगरपालिकाद्वारा संचालित करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प भएको छ ।
करिब डेढ महिनाअघि आन्तरिक राजश्व कार्यालय लहानले नगरपालिकालाई करदाता सेवा शाखा संचालनका लागि अनुमति दिएपछी विधिवत् रुपमा शाखाको उद्घाटन गरि संचालनमा ल्याइएको हो ।
सोही समयदेखी करदाता सेवा शाखाले पालिकाको राजश्व शाखाको कम्प्युटर सापटी लिएर सेवा प्रदान गर्दै आइरहेको थियो । तर, शुक्रबार सो कम्प्युटर राजश्व शाखाले आफ्नै कामका लागि फिर्ता लिएपछी करदाता सेवा शाखाको सम्पूर्ण कामकाज प्रभावित भएको हो ।
करदाता सेवा शाखाका प्रमुख प्रकाश गुप्ताले कम्प्युटरबाटै कर सम्बन्धी सबै कार्य हुने भएकोले कम्प्युटर नहुँदा कामकाम ठप्प भएको स्वीकार गरे । उनले भने, “मैले बारम्बार कम्प्युटर उपलब्ध गराउन नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, शाखा अधिकृत मनोज यादव तथा स्टोरमा ताकेता गर्दा पनि हालसम्म उपलब्ध हुनसकेको छैन् ।”
राजश्व शाखाका प्रमुख कल्पना देवले एउटै कोठामा राजश्व शाखा र करदाता सेवा शाखा समेत संचालन हुँदा आलोपालो गरि कम्प्युटर सापटी दिएर कार्य संचालन गर्दै आएको बताउँदै उनले भनिन् “डेढ महिना बितिसक्दा पनि करदाता सेवा शाखालाई आफ्नो कम्प्युटर उपलब्ध हुन सकेन्, यता राजश्वको काममा पनि चाप बढेकोले बाध्य भई कम्प्युटर फिर्ता लिएका हौं ।”
“राजश्व शाखामा दुई वटा कम्प्युटर छ, उनले भनिन्, “दुई वटा कर्मचारीहरुले ती दुबै कम्प्युटरबाट राजश्वको काम गरिरहेका छन्, तर शुक्रबार राजश्वको काम नै प्रभावित हुने भएपछी करदाता सेवा शाखाबाट कम्प्युटर फिर्ता लिन बाध्य भयौं ।”
यस सन्दर्भमा नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।
साउन १ गतेदेखी सप्तरी जिल्लाको १८ वटै पालिकामा कार्यालय रहने गरि करदाता सेवा शाखा संचालन भइसकेको छ । ती शाखाबाट हाल कर सम्बन्धी नयाँ पान, नविकरण, बायोमेट्रिक लगायतका काम हुने गरेको छ । यसअघि ती कार्यहरु करदाता सेवा कार्यालय राजविराजबाट हुने गरेको थियो । सरकारले पालिकाबाटै कर सम्बन्धी सबै कार्य हुने प्रावधान ल्याएपछी ती कार्यहरु अहिले पालिकाबाटै हुने गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
विपद्सँग जुध्न महिलाको बढ्दो आत्मविश्वास
विपद्सँग जुध्न महिलाको बढ्दो आत्मविश्वास
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण