सप्तरीका १६ खेलाडीसहित  राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भारोत्तोलन खेलाडी चयन

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८३
|
|
२९ पटक हेरिएको
Shares
सप्तरीका १६ खेलाडीसहित  राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भारोत्तोलन खेलाडी चयन

सारांश

  • भारोत्तोलन खेलका लागि मधेश प्रदेश टोलीमा २० जना खेलाडीहरुको चयन गरिएको हो ।
  • जसमा सप्तरीकै १६ जना खेलाडीहरु परेका छन् ।
  • टोलीमा सप्तरीका १० महिला र ६ जना पुरुष खेलाडीको चयन गरिएको छ बाँकी ४ जना अन्य जिल्लाका रहेको भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर । 
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भारोत्तोलन खेलका लागि मधेश प्रदेशका खेलाडीहरुको शुक्रबार चयन गरिएको छ ।
भारोत्तोलन खेलका लागि मधेश प्रदेश टोलीमा २० जना खेलाडीहरुको चयन गरिएको हो । जसमा सप्तरीकै १६ जना खेलाडीहरु परेका छन् ।
टोलीमा सप्तरीका १० महिला र ६ जना पुरुष खेलाडीको चयन गरिएको छ बाँकी ४ जना अन्य जिल्लाका रहेको भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले जानकारी दिए ।
महिलातर्फ सप्तरीका ममता शर्मा ४९ किलो तौल समूह, अमृता कुमारी यादव ५३ किलो तौल समूह, प्रमिला कुमारी राम ५७ किलो तौल समूह, सुष्मा यादव ६१ किलो तौल समूह, लक्ष्मी कुमारी दास ६९ किलो तौल समूह, उषा यादव, सन्ध्या साह, अंजली ठाकुर ४९ किलो तौल समूह, अंजली यादव ५७ किलो तौल समूह र लक्ष्मी यादव ५३ किलो तौल समूहमा चयन भएकी छिन् ।
यस्तै पुरुषतर्फ मोहन यादव ६० किलो तौल समूह, रामकुमार यादव ६५ किलो तौल समूह, सुनिल यादव ७० किलो तौल समूह, निरज गुप्ता ७५ किलो तौल समूह, कृष्ण देव चौधरी ८५ किलो तौल समूह, विवेकानन्द दास ९५ किलो तौल समूह, संजय यादव ११० किलो तौल समूह, बचुलाल चौधरी प्लस ११० किलो तौल समूह, राकेश साफी र अशोक कुमार यादव चयन भएका छन् ।
मंसिर १६ गतेदेखी कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भारोत्तोल खेल सुर्खेत जिल्लामा मंसिर २३ गतेदेखी हुनेछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
रुपनीमा निशुल्क आँखा शिविर सम्पन्न
रुपनीमा निशुल्क आँखा शिविर सम्पन्न
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै 
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै 
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु