ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 

राजविराज राजविराज
|
आइतबार, जेठ २०, २०८१
|
|
६८ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 

सारांश

  •     जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित भारदह–कुनौली सडक खण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।
  •       स.
  • १त.

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 

    सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।  
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित भारदह–कुनौली सडक खण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । 
    स.१त.३३०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही नगरपालिका १ भारदह निवासी २५ वर्षिय आनन्द कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार माटो बोकेर आफै ट्याक्टर चलाएर आइरहेको बेला सकरदही नजिकैको पुलमा ठोक्किएर दुर्घटना भएको हो । 
    यस्तै जिल्लाको कंचनरुप नगरपालिका ३ सुब्बा टोलमा शनिबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भिर छ । 
    आँप बोकेर जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका जण्डौलबाट कंचनपुरतर्फ जाँदै गरेको स.१त. ६२९५ नम्बरको ट्याक्टर राती ८ बजे पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । तिब्र गतिमा रहेको ट्याक्टर सडकबाट करिब १० फिट तल खेतमा खसेको थियो ।
    दुर्घटनामा परी कंचनरुप नगरपालिका ७ का २१ वर्षिय शुशिल राम र सिरहाको लहान नगरपालिका १९ का ३२ वर्षिय मो. इरसादको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
    दुर्घटनामा गम्भिर घाइते भएका कंचनरुप नगरपालिका ७ का २४ वर्षिय दिनेश सरदारको बिराटनगर तथा अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । 
    थिचिएको अवस्थामा ट्याक्टरमा सवार घाइतेहरुको उद्दार गरी अस्पताल पु¥याइएको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
सामाजिक सद्भाव कायम राख्न आग्रह    
सामाजिक सद्भाव कायम राख्न आग्रह    
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
बिहीबार सप्तरीमा संक्रमित शुन्य
बिहीबार सप्तरीमा संक्रमित शुन्य
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै 
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन