संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, मंसिर २५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन

सारांश

  •     भूमिहीन हरवा चरवा मुक्तिको घोषणा तत्काल गरि सुरक्षित आवास र परिवार संख्याको आधारमा खान पुग्ने जमिन उपलब्ध गराउनु पर्ने, हरवा चरवाको सम्पूर्ण ऋण खारेज गर्न समेत माँग गर्दै ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा सो प्रदर्शन गरिएको हो ।
  •     भूमिहीन हरवा चरवा माथि हुने उठीबासको घटना तत्काल बन्द गर्न, हरवा चरवाद्वारा दर्ता गराइएको निवेदनहरु तत्काल सुनुवाई गर्न, आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
    नेपालको संविधान २०७२ मा हरवा चरवाको पुर्नस्थापना लगायतका विषयहरु समावेश गरिए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै हरवा चरवा अधिकार मञ्च सप्तरीले मंगलबार राजविराजमा विभिन्न माँग गर्दै प्रदर्शन गरेको छ । 
    भूमिहीन हरवा चरवा मुक्तिको घोषणा तत्काल गरि सुरक्षित आवास र परिवार संख्याको आधारमा खान पुग्ने जमिन उपलब्ध गराउनु पर्ने, हरवा चरवाको सम्पूर्ण ऋण खारेज गर्न समेत माँग गर्दै ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा सो प्रदर्शन गरिएको हो ।
    भूमिहीन हरवा चरवा माथि हुने उठीबासको घटना तत्काल बन्द गर्न, हरवा चरवाद्वारा दर्ता गराइएको निवेदनहरु तत्काल सुनुवाई गर्न, आ.ब. २०७६÷७७ को बजेटमा मधेशमा रहेका हरवा चरवाको सम्बोधन गर्नेगरि बजेट बिनियोजन गर्न प्रदेश २ सरकाबाट पहल हुनपर्ने लगायतका माँग गरिएको छ । 
    हरवा चरवाको जिविकोपार्जनका लागि सीप अभिबृद्धिको कार्यक्रम संचालन तथा न्यायोचित न्यूनतम ज्याला तोक्ने र त्यसको कार्यान्वयन नभएर स्थानिय तहले उजुरी लिई अनुगमन गर्ने व्यवस्था मिलाउन माँग गरिएको छ । 
    मञ्चका केन्द्रिय सचिव नागेन्द्र राम र जिल्ला अध्यक्ष देवलाल रामको नेतृत्वमा गरिएको प्रदर्शनमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा हरवा चरवा सहभागि ¥यालीले नगर परिक्रममा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगेर विभिन्न माँग राख्दै ज्ञपन पत्र बुझाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?