दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
२२ पटक हेरिएको
Shares
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान

सारांश

  •     मुख्य न्यायाधिश हेमन्त रावलको एकल इजलासले राजविराज ३ निवासी ३० वर्षिय नवीनकुमार दासलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो ।
  •       दास विरुद्ध परेको विवाह सम्बन्धि कसुर र गर्भपतन मुद्दामा थुनछेक बहस पछी शुक्रवार कारागारमा पठाउने आदेश जारी गरे लगतै प्रहरीले उनलाई राजविराज कारागार चलान गरेको छ ।
  •       उनको श्रीमती २३ वर्षिया आरती कुमारी दास न्यायका लागी अदालतको शरणमा पुगेकी थिईन ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।
 
    दाईजोका नाममा श्रीमान्संगै परिवारका अन्य सदस्यले शारिरीक र मानसिक यातना, कुटपिट, गर्भपतन, खान लगाउन नदिने र घर निकाला सम्मको कसुर गरेको भन्दै सप्तरी जिल्ला अदालतले राजविराजका एक युवकलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको छ । 
    मुख्य न्यायाधिश हेमन्त रावलको एकल इजलासले राजविराज ३ निवासी ३० वर्षिय नवीनकुमार दासलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो । 
    दास विरुद्ध परेको विवाह सम्बन्धि कसुर र गर्भपतन मुद्दामा थुनछेक बहस पछी शुक्रवार कारागारमा पठाउने आदेश जारी गरे लगतै प्रहरीले उनलाई राजविराज कारागार चलान गरेको छ । 
    उनको श्रीमती २३ वर्षिया आरती कुमारी दास न्यायका लागी अदालतको शरणमा पुगेकी थिईन । यस अघि घरेलु हिंसाको मुद्दामा समेत जिल्ला अदालतले आरतीको पक्षमा संरक्षनात्मक आदेश जारी गरेको थियो. । 
    तीन घण्टा लामो थुनछेक वहसमा पीडित महिला आरतीका तर्फबाट प्रदेश सभासदस्य समेत रहेकी अधिवक्ता किरण कुमारी साह, केशव दास लगायत ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । अधिवक्ता साहले पीडित महिला आरतीलाई न्याय दिलाउन गरेको प्रयासमा न्यायमुर्ती रावलले गरेको पैmसलाले न्याय र अदालत प्रतिको आस्था र विश्वास मजवुत बनाउने काम गरेको बताईन । 
    मुद्दामा विपक्षी बनाइएका सासु, ससुरा र नन्दलाई समेत मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गरी कारवाही सजायको माग गरिएको छ । हाल उनीहरु फरार रहेको बताइएको छ । 
    आदेशमा आरतीलाई निज बसी आएको घरमा वसोवास गर्न दिनु, खान लाउन दिनु तथा कुटपिट र गाली बेइजत नगर्नु भनिएको थियो । त्यती बेला पनि घर प्रवेश गराउन खोज्दा परिवारजनले घरको मुल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए । पटक पटक आग्रह गर्दा पनि ढोका न खोलेपछी कानून व्यवसायी, संचारकर्मी, जनप्रतिनीधी, प्रहरी र स्थानीय भरभलादमीले बाहिरबाट सिढी लगाएर आरतीलाई घरको कम्पाउण्ड भित्र छिराएको थियो । 
    तर, अदालतको आदेशको पालना नगरी श्रीमान नविन, सासु, ससुरा, नन्द र परिवारका अन्य सदस्यहरु मिली फेरी त्यस्तै प्रकृतिको व्यवहार दोह¥याउन थालेको भन्दै आरती पुनःअदालतको शरणमा पुगेकी थिइन । 
    उनले अदालतमा पेश गरेको विवाह सम्बन्धि कसुर र गर्भपतन सम्बन्धि मुद्दामा थप ५० लाख दाईजो माईतबाट लिई आउन परिवारजनले दवाव दिन थालेको र इन्कार गर्दा गर्भवती अवस्थामा समेत खान लाउन नदिई कुटपिट गरेपछी २ महिना २ दिनको गर्भ समेत तुहिएको उल्लेख गरेकी छिन । गर्भ तुहिएको सम्बन्धि मेडिकल रिर्पोट पनि पेश गरेकी उनले दाईजोका लागी पटक पटक शारिरीक र मानसकि यातना मात्र होइन । घरमा खान लाउन पनि नदिदाँ कतिपय दिन भोक भोकै वस्नु परेको त कतिपय दिन माइतीबाट खाना खर्च मगाई खानाको जोहो आपैmले गर्नू परेको पीडा उल्लेख गरेकी छिन । 
    जनकपुर उप महानगरपालिका माईती भएकी आरतीको राजविराज ३ निवासी नवीनसँग २०७७ साल मंसिर २१ गते धुमधामका साथ हिन्दु रितीरिवाज अनुसार विवाह सम्पन्न भएको थियो । तर, थप दाईजोको मागका लागी आरती र माईती पक्षलाई दवाव बढाँउदै लगेपछी आन्तरिक कलह बढ्दै गएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?