दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
नेपाल विद्यार्थी संघ सप्तरीले जिल्लामा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै शुक्रबार प्रमुख निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेवि संघका जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएको एक टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
निर्वाचनलाई स्वच्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ ध्यानाकर्षणपत्र बुझाइएको संघका अध्यक्ष ठाकुरले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
जिल्लाका विभिन्न स्थानहरुमा विशेष गरी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वया), जसपा, स्वाभिमान पार्टी लगायतका दलहरुबाट आचारसंहिता विपरीत गतिविधिहरु भइरहेको, व्यानर र झण्डाको दुरुपयोग, सार्वजनिक स्थल तथा विद्युतको पोल एवं निजी घरहरुमा तोकिएको मापदण्ड विपरीतका ठूला व्यानर र झण्डाहरुको व्यापक प्रयोग भइरहेको ध्यानाकर्षण पत्रमा दाबी गरिएको छ ।
यस्तै प्रचार–प्रसारका नाममा ठूला–ठूला साउन्ड सिस्टम, माइक लगायतको प्रयोगले ध्वनि प्रदूषण भइरहेको तथा त्यसले जनजीवन प्रभावित पारेको पत्रमा उल्लेख छ ।
आचारसहिता पालना गर्न गराउन समिति सक्रिय
नेविसंघले ध्यानाकर्षणपत्र बुझाए लगत्तै अनुगमनमा निस्केको निर्वाचन अनुगमन टोलीले राजविराजस्थित गजेन्द्र चौकमा बसमा भुण्ड्याइएको उज्यालो नेपाल पार्टीको ब्यानर ब्यानर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आफै निकालेका छन् । यस्तै सोही स्थानामा एक स्कारपियोबाट जसपा नेपालको झण्डा र ब्यानर समेत हटाउन लगाइएको छ । सोही स्थानबाट निर्वाचन अनुगमन टोलीले एक गाडीबाट रास्वपाको झण्डा समेत हटाउन लगाएको छ ।
यता निर्वाचन आयोगले फागुन ४ गतेदेखी १८ गतेसम्मका लागि खुल्ला रुपमा प्रचार प्रसारका साथै झण्डा, तुल, पर्चा, पम्प्लेट बितरण तथा टास गर्न भनेको छ । तर अहिले जिल्लामा व्यापक रुपमा आचारसहिताको उलंघन भइरहेकोको गुनासो आएपछि अनुगमन समितिले आचारसहिता पालना गर्न गराउन सक्रियताका साथ लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
सारांश
- नेवि संघका जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएको एक टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
- निर्वाचनलाई स्वच्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ ध्यानाकर्षणपत्र बुझाइएको संघका अध्यक्ष ठाकुरले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
- जिल्लाका विभिन्न स्थानहरुमा विशेष गरी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वया), जसपा, स्वाभिमान पार्टी लगायतका दलहरुबाट आचारसंहिता विपरीत गतिविधिहरु भइरहेको, व्यानर र झण्डाको दुरुपयोग, सार्वजनिक स्थल तथा विद्युतको पोल एवं निजी घरहरुमा तोकिएको मापदण्ड विपरीतका ठूला व्यानर र झण्डाहरुको व्यापक प्रयोग भइरहेको ध्यानाकर्षण पत्रमा दाबी गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया