अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर

राजविराज राजविराज
|
आइतबार, बैशाख २, २०८१
|
|
३४ पटक हेरिएको
Shares
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर

सारांश

  •     मन्दिर परिसर र आसपास फालिएको फोहर सफा गरिएपछी पुजा गर्न आएका भक्तजन खुशी व्यक्त गर्दै उनलाई धन्यवाद दिएका छन् ।
  • छठपर्वका बेला पनि उनी नगरका विभिन्न जलाशय सरसफाईमा सफाइकर्मीसहित खटिएका थिए ।
  •       नयाँ वर्षको सुरुवात मन्दिरको सरसफाईबाट सुरु गरेका उनले भने, “एकातिर मन्दिरको सरसफाईले भक्तजनलाई सहज हुन्छ भने अर्कोतिर आफूलाई पुण्य प्राप्ति हुने विश्वास जागृत हुन्छ ।

    राजविराज÷राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ नयाँ वर्षको सुरुवात मन्दिर सरसफाईबाट गरेका छन् । 
    शनिबार एकाबिहान दुई जना सरसफाईकर्मीसहित हातमा कुचो बोकेर निस्केका उनी नगरको शनी, हनुमान र भगवती मन्दिर सरसफाई गर्दै नयाँ वर्षको शुरुवात गरेका हुन् । 
    नयाँ वर्षको अवसरमा मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । तर, कतिपय मन्दिर परिसरमा सरसफाईको अभाव देखिएको खबर आएपछि सरसफाईमा सघाउन आफै खटिएको उनले सुनाए । 
    मन्दिर परिसर र आसपास फालिएको फोहर सफा गरिएपछी पुजा गर्न आएका भक्तजन खुशी व्यक्त गर्दै उनलाई धन्यवाद दिएका छन् । छठपर्वका बेला पनि उनी नगरका विभिन्न जलाशय सरसफाईमा सफाइकर्मीसहित खटिएका थिए । 
    नयाँ वर्षको सुरुवात मन्दिरको सरसफाईबाट सुरु गरेका उनले भने, “एकातिर मन्दिरको सरसफाईले भक्तजनलाई सहज हुन्छ भने अर्कोतिर आफूलाई पुण्य प्राप्ति हुने विश्वास जागृत हुन्छ ।” 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?