मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार

राजविराज राजविराज
|
आइतबार, श्रावण १३, २०८१
|
|
२० पटक हेरिएको
Shares
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार

सारांश

  •     नगरप्रमुख गुप्ताले हिन्दु परम्परालाई आर्दश मानेर आफ्नो कुकुर मर्दा काजकिरीया गरेर सबैलाई अचम्मित पारेका छन् ।
  •       घरमा पालेको कुकुर मरेपछि शोकमा परेका उनले मानिस मर्दा जस्तै गरिने विधी र हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरेर कुकुरप्रति श्रद्धाञ्जली ब्यक्त गरे ।
  •     नगर प्रमुख गुप्ता परिवारले ७ वर्ष देखी घरमा सन्तान झै पालन पोषण गरी हुर्काएको स्विटी (डाँगो) र क्विटी (छाउडी) मध्ये क्विटी शनिबार अकस्मात विरामी परे ।

दैनिक समाचारदाता
राजविराज, १३ साउन ।

    सप्तरीमा मानवको जस्तै कुकुरको पनि अन्तिम संस्कार गरिएको छ । जिल्लाको कंचनरुप नगरपालिकाका नगरप्रमुखले आफैले पालेको कुकुरको मृत्यु भएपछि मानवको जस्तै अन्तिम संस्कार गरेका छन् । 
    नगरप्रमुख गुप्ताले हिन्दु परम्परालाई आर्दश मानेर आफ्नो कुकुर मर्दा काजकिरीया गरेर सबैलाई अचम्मित पारेका छन् । 
    घरमा पालेको कुकुर मरेपछि शोकमा परेका उनले मानिस मर्दा जस्तै गरिने विधी र हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरेर कुकुरप्रति श्रद्धाञ्जली ब्यक्त गरे ।
    नगर प्रमुख गुप्ता परिवारले ७ वर्ष देखी घरमा सन्तान झै पालन पोषण गरी हुर्काएको स्विटी (डाँगो) र क्विटी (छाउडी) मध्ये क्विटी शनिबार अकस्मात विरामी परे । करिब १५ हजार रुपैया खर्चेर कुकुरको स्थानीय पशु स्वास्थ्य उपचार केन्द्रमा उपचार पनि गराए । तर, उपचार कै क्रममा आइतबार उसको मृत्यु भयो । कुकुर मरेपछि आईतवार नै नगरप्रमुख गुप्ताले कोशी किनारमा लगेर हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरे । 
    आफ्नो श्रीमती, छोरा र छोरी जस्तै माया गर्ने कुकुर मरेपछि शोकमा तीन दिन घरमा खाना पनि नपाक्ने उनले बताए । घरका सदस्य जस्तै नजिक ठान्ने कुकुर मरेपछि घरका सबै सदस्य दृुःखित भएपनि एउटा जनावरको मानव झै मृत्यु संस्कार गर्न पाउँदा भने आत्मसन्तुष्टि मिलेको र जनावारलाई पनि सबैले मानव झै माया र व्यवहार गर्नू पर्छ भन्ने संदेश समेत दिन चाहेको उनको परिवारजनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने 
फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने 
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
देशैभर ५७ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइदै,  सप्तरीमा १ लाख ८७ हजार ८ सय ९२ जनालाई खोप लगाइने लक्ष्य 
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’