सात सय ५५ गाँजा बोट फडानपछि नष्ट

राजविराज राजविराज
|
सोमबार, मंसिर २, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट

सारांश

  •     यसैबीच ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको बिष्णुपुर गाउँपालिका ६ गोरगामाबाट ५५ वटा गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जनाएको छ ।
  • विशेष सूचनाको आधारमा स्थानियहरुले घरमा लगाएका लागु औषध गाँजाका बोटहरु प्रहरीले सोमबार फडान गरी नष्ट गरेको छ ।
  •     यसैगरि सोमबारै ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बेश क्याम्प भारदहबाट खटिएको सशस्त्रको संयुक्त टोलिले जिल्लाको हनुमाननगर कंकालिन नगरपालिका १ भारदह र वडा नं.

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
    सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा लगाइएको लागु औषध गाँजाका बोटहरु धमाधम फडान गरि नष्ट गर्न थालेको छ । प्रहरीले सोमबार मात्र सात सय ५५ गाँजाका बोटहरु फडान गरि नष्ट गरेको हो ।
    यसैबीच ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको बिष्णुपुर गाउँपालिका ६ गोरगामाबाट ५५ वटा गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जनाएको छ । विशेष सूचनाको आधारमा स्थानियहरुले घरमा लगाएका लागु औषध गाँजाका बोटहरु प्रहरीले सोमबार फडान गरी नष्ट गरेको छ ।
    यसैगरि सोमबारै ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बेश क्याम्प भारदहबाट खटिएको सशस्त्रको संयुक्त टोलिले जिल्लाको हनुमाननगर कंकालिन नगरपालिका १ भारदह र वडा नं. २ सखरदेहीबाट सात सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ । 
    त्यहाका स्थानियहरुले घर आँगनमै लगाएका गाँजाका बोटलाई फडान गर्दै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले गाँजाका बोट फडान गर्ने अभियान नै चलाएपछि अहिले सप्तरीको विभिन्न स्थानहरुबाट ५ हप्ताको अवधीमा झण्डै ६ हजार बढी लागु औषध गाँजाका बोटहरु फडान गरि नष्ट गरिसकेको सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक