दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीले दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौ अधिवेशन बुधबार सम्पन्न गरेको छ ।
सो अवसरमा गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदीले गैससलाई स्थानियस्तरमा सशक्त बनाउन आबश्यक रहेको बताएका छन् ।
सुशासन कायम गर्ने, भुमिका फरक फरक राख्नुपर्ने बताउँदै उनले स्थानिय स्रोतका आधारमा दिगोपन बनाउन समाजिक उत्तरदायित्वमा खर्च गर्ने कार्यक्रम नागरिक संस्थामार्फत संचालन गर्नु पर्नेमा जोड दिए ।
यसैगरी गैसस महासंघ महासचिव अर्जुन भट्राईले कर छुट प्रमाण दिन कर अधिकृतको लापरवाहीका कारण समस्या उत्पन्न हुने गरेको बताउदै कर छुटको नविकरण गर्न बाध्यता नरहेको तथा नागरिक संस्थाले भ्याट जानु नपर्ने बताए । उनले क्षमता बिकासका लागि गैसस महासंघलाई सशकत बनाउनु पर्ने बताए ।
गैसस महासंघ नेपाल सप्तरीका कार्यवाहक अध्यक्ष बलदेव मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रममा गैसस महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ध्रुब देव, संस्थापक जिल्ला अध्यक्ष इन्द्र नारायण देव, जिल्ला सचिव दिपक झा, विभिन्न गैससका अध्यक्ष तथा प्रतिनिधि, संचारकर्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गैससको दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
सारांश
- सो अवसरमा गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदीले गैससलाई स्थानियस्तरमा सशक्त बनाउन आबश्यक रहेको बताएका छन् ।
- सुशासन कायम गर्ने, भुमिका फरक फरक राख्नुपर्ने बताउँदै उनले स्थानिय स्रोतका आधारमा दिगोपन बनाउन समाजिक उत्तरदायित्वमा खर्च गर्ने कार्यक्रम नागरिक संस्थामार्फत संचालन गर्नु पर्नेमा जोड दिए ।
- यसैगरी गैसस महासंघ महासचिव अर्जुन भट्राईले कर छुट प्रमाण दिन कर अधिकृतको लापरवाहीका कारण समस्या उत्पन्न हुने गरेको बताउदै कर छुटको नविकरण गर्न बाध्यता नरहेको तथा नागरिक संस्थाले भ्याट जानु नपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया