दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
दुई लाख रुँपैया घुस लिएको आरोपमा सप्तरीको महदेवा गाउँपालिका ६ का वडा सचिव नवोनाथ मिश्र पक्राउ परेका छन् ।
मंगलबार साँझ ५ बजेतिर राजविराज नगरपालिका २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
जन्म दर्ता गर्नकै लागि सेवाग्राहीसँग होटलमा बसेर पैसा लिने क्रममा मिश्र पक्राउ परेका हुन्, अख्तियारको क्षेत्रिय कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले भने । मिश्रले सेवाग्राहीसँग जन्म दर्ता प्रयोजनका लागि २ लाख रुँपैया घुस मागेको गोप्य सूचनाको आधारमा खटेको टोलीले रैगेहात पक्राउ गरेको उनको भनाई थियो । सेवाग्राहीको नाम भने तत्काल भन्न नमिल्ने उनको भनाई छ ।
मिश्रलाई थप अनुसन्धानका लागि मंगलबारै आवश्यक प्रक्रिया पुरा गरि क्षेत्रिय कार्यालय ल्याइएको आयोगले जनाएको छ ।
दुई लाख घुससहित वडा सचिव मिश्र पक्राउ
सारांश
- मंगलबार साँझ ५ बजेतिर राजविराज नगरपालिका २ स्थित एक चिया पसलमा सेवाग्राहीको जन्मदर्ता बनाई दिने भन्दै २ लाख रुँपैया घुस लिने क्रममा मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
- जन्म दर्ता गर्नकै लागि सेवाग्राहीसँग होटलमा बसेर पैसा लिने क्रममा मिश्र पक्राउ परेका हुन्, अख्तियारको क्षेत्रिय कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले भने ।
- मिश्रले सेवाग्राहीसँग जन्म दर्ता प्रयोजनका लागि २ लाख रुँपैया घुस मागेको गोप्य सूचनाको आधारमा खटेको टोलीले रैगेहात पक्राउ गरेको उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया