दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नेपाल आदिवासी जनजाति महासंघ मिथिला मधेश प्रदेश नम्वर २ का सहसंयोजक दिल कुमारी चौधरीले आदिवासी जनजाति प्रति प्रदेश २ को सरकारको नियत ठिक नभएको आरोप लगाएकी छिन् ।
सप्तरीको रुपनगरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कन्चनरुपको दोश्रो अधिवेशन उद्घाटन गर्दै उनले सो आरोप लगाएकी हुन ।
प्रदेश सरकारले आदिवासी जनजातिलाई वेवास्था गरेको आरोप लागाउदै उनले आदिवासी दिवस, थारु, तामाङ, मगर लगायतका आदिवासी जनजातिले मनाउने चाडपर्वमा विदा नदिने तर, मुश्लिम, मधेशी र हिन्दुहरुको सानातिना चाडपर्व समेतमा बिदा नदिई भेदभाव गरेकोप्रति गुनासो गरिन् ।
संघीय सरकारको जातीवादी र नश्लवादी चरित्रलाई प्रदेश सरकारले समेत निरन्तरता दिएको वताउदै आदिवासी जनजाति प्रति विभेद र भेदभाव कायम राखे अधिकार प्राप्तिको लागी आदिवासी जनजातिहरु संर्घषमा उत्रन वाध्य हुने चेतावनी समेत उनले दिईन ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कन्चनरुप आधिवेशन आयोजक समितीका संयोजक दक्ष नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व सांसद हिरालाल चौधरी, नेपाल आदिवासी जनजाति महसंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, कंचनरुप नगरपालिकाका प्रमुख वशन्त मिश्र, नेपाल आदिवासी जनजाति महसंघ प्रदेश नम्वर २ का सदस्य रविन्द्र श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ राष्ट्रिय कार्यकारी समितीका सदस्य सरस्वती निरौला, नेपाल अनदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारु, नेवाः दयः दवू सप्तरीका अध्यक्ष जित वहादुर श्रेष्ठ, कन्चनरुप नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष देवी वहादुर खत्री, वडा नम्वर ९ का लक्ष्मण यादव लगायतकाले समेत मन्तव्य व्यक्त गरे ।
उद्घाटन सत्रपश्चात् सम्पन्न निर्वाचनवाट लिल वहादुर मगरको अध्यक्षतामा ११ सदस्य नगर समिती चयन भएको छ । गठित समितीको उपाध्यक्षमा दलु मण्डल धानुक, चन्द्र कुमार राई, पर्मिला चौधरी, सचिवमा खुशीलाल चौधरी थारु, सह सचिवमा सम्सेर वहादुर पाख्रिन, कल्पना राई र कोषध्यक्षमा रमला भुजेल चयन भएका छन ।
यसैगरी समितीको सदस्यहरुमा चनर देवी मण्डल चयन भएका छन भने एक सह सचिव र सदस्य पछि मनोनित गरिने जनाएको छ । सोही वन्द सत्रवाट प्रमुख सल्लाहकारमा दक्ष नारायण श्रेष्ठलाई चयन गरको र वाँकी सल्लाहकार कार्यसमितीले चयन गर्ने निर्वाचन अधिकृत मिना थापा मगरले जानकारी दिईन ।
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी
सारांश
- सप्तरीको रुपनगरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कन्चनरुपको दोश्रो अधिवेशन उद्घाटन गर्दै उनले सो आरोप लगाएकी हुन ।
- प्रदेश सरकारले आदिवासी जनजातिलाई वेवास्था गरेको आरोप लागाउदै उनले आदिवासी दिवस, थारु, तामाङ, मगर लगायतका आदिवासी जनजातिले मनाउने चाडपर्वमा विदा नदिने तर, मुश्लिम, मधेशी र हिन्दुहरुको सानातिना चाडपर्व समेतमा बिदा नदिई भेदभाव गरेकोप्रति गुनासो गरिन् ।
- संघीय सरकारको जातीवादी र नश्लवादी चरित्रलाई प्रदेश सरकारले समेत निरन्तरता दिएको वताउदै आदिवासी जनजाति प्रति विभेद र भेदभाव कायम राखे अधिकार प्राप्तिको लागी आदिवासी जनजातिहरु संर्घषमा उत्रन वाध्य हुने चेतावनी समेत उनले दिईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया