दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नम्बर नखुलेको सबारीसाधनको ठक्करले गम्भीर घाइते भई उपचारका लागि अस्पताल भर्ना भएका एक व्यक्ति उपचार खर्च तिर्न नसक्दा समस्यामा परेका छन् ।
आर्थिक रुपमा विपन्न राजविराज नगरपालिका वडा नं. ७ निवासी अनिरुद्धलाल देवलाई उपचार गराउन समस्या भएको हो ।
करिब एक महिना अगाडि पैदल हिंडिरहेका ५४ बर्षीय देवलाई तिलाठी कोइलाडी गाउँपालिकाको सडेपारमा नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिएर सबारी साधन फरार भएको थियो ।
ठक्करले टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको थियो । टाउकोको शल्यक्रिया गर्दा रु ५ लाख जति खर्च भइसकेको र अझै अस्पताललाई र औषधि बिल समेत गरी रु ५ लाख तिर्न बाँकी रहेको उनका छोरा रामभजनले बताए ।
शल्यकृयापछि बुवाको स्थितिमा सुधार भएपनि वक्यौता नतिर्दा अस्पतालबाट बाहिर जान नसकिएको उनले बताए । उनले आफ्नो बुवाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१०७०१००५२४९६ मा आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन सबैसँग हार्दिक अनुरोध गरेका छन् ।
उपचार खर्चको अभावमा अस्पतालमै वास
सारांश
- आर्थिक रुपमा विपन्न राजविराज नगरपालिका वडा नं.
- ७ निवासी अनिरुद्धलाल देवलाई उपचार गराउन समस्या भएको हो ।
- करिब एक महिना अगाडि पैदल हिंडिरहेका ५४ बर्षीय देवलाई तिलाठी कोइलाडी गाउँपालिकाको सडेपारमा नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया