स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 

राजविराज राजविराज
|
बुधबार, आश्विन ८, २०७६
|
|
१७ पटक हेरिएको
Shares
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 

सारांश

  •     सबैको लागि सुरक्षित तथा प्रभावकारी औषधी भन्ने नाराकासाथ विश्व फार्मेसी दिवसको अवसरमा बुधबार राजबिराजमा आयोजित कार्यक्रममा सहभागीहरूले सो माग गरेका हुन् ।
  •       आयोजित कार्यक्रममा डा.
  • दिलिप कुमार साहले औषधीको बारेमा फार्मेसीहरूले बिरामीलाई बुझाएर मात्र औषधी खान सुझाव दिनुपर्ने सुझाव दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज । 
    सप्तरीका फार्मासिस्टहरूले स्थानिय निकायमा फार्मासिस्टहरूको दरबन्दीको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिएका छन ।
    सबैको लागि सुरक्षित तथा प्रभावकारी औषधी भन्ने नाराकासाथ विश्व फार्मेसी दिवसको अवसरमा बुधबार राजबिराजमा आयोजित कार्यक्रममा सहभागीहरूले सो माग गरेका हुन् । 
    आयोजित कार्यक्रममा डा. दिलिप कुमार साहले औषधीको बारेमा फार्मेसीहरूले बिरामीलाई बुझाएर मात्र औषधी खान सुझाव दिनुपर्ने सुझाव दिए । बिरामीलाई कुन औषधी दिइएको भन्ने बारेमा चित्त बुझाएर मात्र बिरामीलाई औषधीको सेवनको बारेमा काउन्सिलिङ गर्नुपर्ने जिकिर गरे ।
    सोही कार्यक्रममा जनस्वास्थ कार्यालयका कार्यालय प्रमुख निरन्जन यादबले फार्मसीलाई थप मर्यादित सँगै पेशालाई ईमान्दारिता बनाउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा सहायक फर्मासिस्ट टुनटुन यादबले धेरैले फार्मेसी पढेर लाइसेन्स समेत लिएर बसिरहेकाले उनीहरुको रोजगारीको ग्यारेन्टी गराउनु पर्नेमा जोड दिए । 
    सोही कार्यक्रममा स्थानिय तहमा अधिकार आईसकेको अबस्थामा नगरपालीका र गाउपालिकाले रोजगारको ग्यारेन्टी गर्नुपर्ने बताउदै फार्मेसीहरूको पेशागत हकहितको लागि रोजगारको ब्यबस्थाको ग्यारेन्टी गर्नुपर्ने माँग गरे ।
    सहायक फार्मार्सिस्ट टुनटुन यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, युनिक कलेजका फार्मासिस्ट सुरेश चौधरी, गजेन्द्र नारायण सिह अस्पतालका क्लिनिकल फार्मासिस्ट दिनेश कुमार यादब, औषधी ब्यबसायी तुलानाथ माझीलगायतले फार्मासिस्ट पेशाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ