दैनिक समाचारदाता
राजविराज, २ असार ।
शम्भुनाथ नगरपालिका वडा नं. १ को कार्यालयले विभिन्न विकासीय काममा आर्थिक अनियमितता तथा सूचना लुकाउने काम गरिरहेको आरोप लगाइएको छ ।
सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका निवासी जिवछ साह, खेमवहादुर कार्की, गमकलाल पासवान र गुन्जेश्वर साहले सो आरोप लगाएका हुन् ।
वडा अध्यक्ष इन्द्रदेव साह र वडा कार्यालयमा कार्यरत कर्मचारी शिवशंकर यादवको मिलेमतोमा विकास निर्माणका कार्यमा ब्यापक भ्रष्टाचार भईरहेको र यस वारे आवाज उठाउँदा डर, धाक, धम्कि तथा उल्टै फसाउने र झुठा आरोप लगाई वदनाम गर्ने र फसाउने प्रयास भईरहेकोले उनीहरुले पत्रकार सम्ेमलन मार्फत न्यायका लागि पहल गरिदिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
सोही पत्रकार सम्मेलनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खाँडो नदि प्रणाली अन्तरगतको तल्छि पहिरो तथा खहरे रोकथाम भुसंरक्षण कार्यका लागि कुनै पत्रपत्रिकामा सुचना नै नगरी गैरकानुनी तथा गोप्य ढंगले उपभोक्ता समिति गठन गरिएकोले सो समिति विघठन गर्न माँग गरिएको छ ।
गोप्य ढंगले गठन गरिएको उपभोक्ता समिति बारे सुचना माग गर्दा वडा अध्यक्ष साह र कर्मचारी यादवले डर, धाक, धम्कि दिने तथा उल्टै कार्यालयको रजिष्टर च्यातेको र पैसा लुटेको भनि झुटा प्रचार गरेर वदनाम गर्ने र फसाउने प्रयास गरिरहेको उनीहरुले प्रष्ट पारेका छन् ।
गोप्य ढंगले गठन गरिएको उपभोक्ता समिति विघटन गरी प्रकृया र विधि अनुसार अर्को उपभोक्ता समिति गठन हुनुपर्ने, वडा अध्यक्ष र वडा कार्यालयका कर्मचारीको मिलेमतोमा भएका गैरकानुनी काम तथा उपभोक्ता समिति गठनको सम्पुर्ण प्रकृयाको सम्वन्धित निकायद्वारा छानविन हुनुपर्ने उनीहरुले माग समेत गरेका छन् ।
विभिन्न विकासीय काममा आर्थिक अनियमितता तथा सूचना लुकाउने काम गरिरहेको आरोप
सारांश
- सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका निवासी जिवछ साह, खेमवहादुर कार्की, गमकलाल पासवान र गुन्जेश्वर साहले सो आरोप लगाएका हुन् ।
- वडा अध्यक्ष इन्द्रदेव साह र वडा कार्यालयमा कार्यरत कर्मचारी शिवशंकर यादवको मिलेमतोमा विकास निर्माणका कार्यमा ब्यापक भ्रष्टाचार भईरहेको र यस वारे आवाज उठाउँदा डर, धाक, धम्कि तथा उल्टै फसाउने र झुठा आरोप लगाई वदनाम गर्ने र फसाउने प्रयास भईरहेकोले उनीहरुले पत्रकार सम्ेमलन मार्फत न्यायका लागि पहल गरिदिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
- सोही पत्रकार सम्मेलनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खाँडो नदि प्रणाली अन्तरगतको तल्छि पहिरो तथा खहरे रोकथाम भुसंरक्षण कार्यका लागि कुनै पत्रपत्रिकामा सुचना नै नगरी गैरकानुनी तथा गोप्य ढंगले उपभोक्ता समिति गठन गरिएकोले सो समिति विघठन गर्न माँग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया