विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत

राजविराज राजविराज
|
बुधबार, पौष ३, २०८१
|
|
६२ पटक हेरिएको
Shares
विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत

सारांश

  •     जिल्ला समन्वय समिति सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित “संघीय तथा प्रादेशीक कार्यालय एवम् स्थानीय तहहरुबाट संचालित तथा सम्पादित कार्यहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी” मा बोल्दै उनले यस्तो बताएका हुन् ।
  •       “विकासीय कार्यमा राजनीति रंग दिनुभन्दा पनि सबै दलले सहयोग र सहकार्य गर्न सके जिल्लाको विकासमा कुनै वाधा र अवरोध आउँदैन” उनले भने, “सप्तरीको विकास निर्माणका विषयमा पनि आफ्नो पार्टीले सकेसम्म सहयोग गरिरहेको छ ।
  • ”     अध्यक्ष राउतले विकासको काममा कसैले वाधा नपु¥याई अन्य राजनीतिक दलहरुले पनि यसमा साथ दिनुपर्ने जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 

    जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विकासीय काममा सबै दलको समन्वय आवश्यक रहेको बताएका छन् ।
    जिल्ला समन्वय समिति सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित “संघीय तथा प्रादेशीक कार्यालय एवम् स्थानीय तहहरुबाट संचालित तथा सम्पादित कार्यहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी” मा बोल्दै उनले यस्तो बताएका हुन् । 
    “विकासीय कार्यमा राजनीति रंग दिनुभन्दा पनि सबै दलले सहयोग र सहकार्य गर्न सके जिल्लाको विकासमा कुनै वाधा र अवरोध आउँदैन” उनले भने, “सप्तरीको विकास निर्माणका विषयमा पनि आफ्नो पार्टीले सकेसम्म सहयोग गरिरहेको छ ।”
    अध्यक्ष राउतले विकासको काममा कसैले वाधा नपु¥याई अन्य राजनीतिक दलहरुले पनि यसमा साथ दिनुपर्ने जिकिर गरे । आफुहरु बिकास बजेट परिचालन गर्ने स्थानमा नभई नीति निर्माणको जिम्मेवारीमा रहेको प्रष्ट्याउँदै उनले विकास लगायत जनताका समस्या हेर्ने जिम्मेवारी केन्द्रका बाहेक प्रदेश र स्थानीय तहको हुने बताए । 
    सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतले जिल्लामा रसायनिक मलको अभाव कम गर्नका लागि यसको सही बिक्री वितरणका बारेमा स्थानीय तहका जनप्रतिनिधिले पनि उत्तिकै जिम्मेवारी र चासो देखाउनुपर्नेमा जोड दिए । 
    सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद किरण कुमारी साहले बिटौरी समस्या समाधान नहुँदा राजविराज नगरपालिका क्षेत्रभित्र साविकदेखि बसोवास गर्दै आएका ५ हजार परिवार प्रभावित बनेको बताउँदै यसको समाधानका लागि पहल गरिदिन हुन प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउत ध्यानाकर्षण गराईन । उनले बिटौरी जग्गा बाहकहरुको नाममा अझै लालपुर्जा नआएको भन्दै त्यसबाट विभिन्न समस्या खेप्नुपरिरहेको उल्लेख गरिन् । 
    जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सांसद महेश प्रसाद यादव, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी लगायतले जिल्लाको विकासका लागि समेटिनुपर्ने योजना र त्यसको प्रभावकारी कार्यान्वयन बारे आ–आफ्नो सुझाव राखेका थिए ।
    दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्लाका १८ वटै पालिकाका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्णले गरिरहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै  पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण 
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै  पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण 
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
स्तनपान कक्ष निर्माण
स्तनपान कक्ष निर्माण
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?