दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
सप्तरीमा अहिले भारतीय रुँपैयाको मुल्य घटेको छ । कम मुल्यमा भारतीय नोट साटिदै छ । नेपाली बजारमा १ रुँपैया भारतीय नोटको मुल्य १ रुँपैया ६० पैसा हुनआउछ । तर, अहिले सप्तरीमा १ रुँपैया भारतीय नोटको मुल्य १ रुँपैया ५० पैसा रहेको छ । त्यो पनि हतपत पाइदैन् ।
केही दिन यता भारतीय नोट राखेका सर्वसाधारणलाई यही कारणले समस्या भएको छ । विगतमा सहजै साटिने भारतीय रुँपैया अहिले स्थानिय बजारमा व्यापारीहरुले लिन मान्दैनन् ।
केही व्यापारी भारतीय नोट स्वीकार गर्न तयार भएपनि १० देखी २० प्रतिशतसम्म घटाएर लिने गरेको पीडितहरुले गुनासो पोखेका छन् ।
एक स्थानियले राजविराज बजारमा ५ सयको भारु नोट नसाटिदा बाध्य भई ७ सय नेपाली रुँपैयामा साटिनु परेको बताए । जबकी ५ सय भारतीय रुँपैयाको नेपाली मोल ८ सय रुँपैया हुन्छ । भारतको पटनाबाट घर फर्किएका राजविराज ७ का रुपेश साहले आफूसँग भएको १५ हजार भारुलाई नेरु बनाउन एक व्यवसायीलाई ८ सय रुँपैया अतिरिक्त शुल्क (बट्टा) तिर्नु परेको दुखेसो पोख ।
यस्तो समस्या अहिले सबैको साझा बनेको छ । राजविराज ६ का सुखराम मंडलले आफूसँग ५ सय दरका रहेका ५ हजार भारतीय रुँपैया साट्न नगरका सबै बैंक पुगेपनि कसैले साट्न नमानेको गुनासो गरे ।
“भारतीय सरकारले २ हजार दरका नोटमाथी प्रतिबन्ध लगाएको सुनेको छु, उनले भने, तर यहाँ त सय, दुई सय, पाँच सय दरका नोट पनि कारोबार हुन बन्द गरिनु बुझि नसक्नु भएको छ ।”
राष्ट्रिय बाणिज्य बैंकका एक कर्मचारीले कुनै बेला भारु नोट माग्नेको भिड थेगिनसक्ने रहेको थियो तर अहिले भारु साटेर नेपाली रुँपैया लिन आउनेको भिड लाग्ने गरेको बताए ।
हिजोआज सय, पाँच सयको भारतीय नोट साटिदिन सर्वसाधारणबाट निकै दबाब र आग्रह आउन थालेको भएपनि अहिले भारतीय नोट सटही काउन्टर बन्द गरिएकाले सो सेवा प्रदान गर्न नसकिएको उनको भनाई थियो ।
विगतमा अवैध कारोबारीले सयकडा ७ देखी ९ रुँपैया बट्टा लिएर भारु नोट दिने गरेकोमा अहिले सोही अनुपातमा बट्टा लिई भारतीय नोट लिएर नेपाली नोट दिने गरेको समेत सर्वसाधारणले गुनासो गरेका छन् ।
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट
सारांश
- केही दिन यता भारतीय नोट राखेका सर्वसाधारणलाई यही कारणले समस्या भएको छ ।
- विगतमा सहजै साटिने भारतीय रुँपैया अहिले स्थानिय बजारमा व्यापारीहरुले लिन मान्दैनन् ।
- केही व्यापारी भारतीय नोट स्वीकार गर्न तयार भएपनि १० देखी २० प्रतिशतसम्म घटाएर लिने गरेको पीडितहरुले गुनासो पोखेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया