दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै

राजविराज राजविराज
|
आइतबार, आषाढ ३१, २०८०
|
|
६९ पटक हेरिएको
Shares
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै

सारांश

  •     नगरवासीलाई सहुलियत दरमा थोरै शूल्क मात्र लिएर रगत परिक्षण गर्ने उदेश्यका साथ मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा गत जेठ १ गते यो प्रयोगशाला संचालनमा ल्याइएको हो ।
  •       प्रयोगशालाको उद्घाटन गर्दै राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले स्वास्थ्य उपचार सबैका लागी सहज र छिटो छरितो बन्न सकोस भन्ने उदेश्यका साथ यो प्रयोगशाला स्थापना गरिएको र यो विशेष सहुलियत दिएर संचालनमा ल्याइएको बताइएकी थिइन ।
  • तर यस्तो हुन न सकेको सेवा लिन आउने विरामीहरुको गुनासो छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ असार ।

    राजविराज जनस्वाथ्य प्रयोगशाल बिहानैदेखी खुल्ने भनिएपनि हाल कार्यालय समय १० बजे खुल्ने र ५ बजे बन्द हुने गरेको छ । 
    नगरवासीलाई सहुलियत दरमा थोरै शूल्क मात्र लिएर रगत परिक्षण गर्ने उदेश्यका साथ मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा गत जेठ १ गते यो प्रयोगशाला संचालनमा ल्याइएको हो । 
    प्रयोगशालाको उद्घाटन गर्दै राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले स्वास्थ्य उपचार सबैका लागी सहज र छिटो छरितो बन्न सकोस भन्ने उदेश्यका साथ यो प्रयोगशाला स्थापना गरिएको र यो विशेष सहुलियत दिएर संचालनमा ल्याइएको बताइएकी थिइन । तर यस्तो हुन न सकेको सेवा लिन आउने विरामीहरुको गुनासो छ । 
    स्थानिय राम किसुन साह विगत ३ दिन देखि बिहान ७ बजे प्रयोगशाला आउने गरेका छन् तर उनी निराश भई फर्किने गरेका छन । ७० वर्षिय साह खाली पेटमा रगत जचाउनु पर्ने भएपनि विहान अवेर सम्म प्रयोगशाला नखुल्दा निराश भई फर्कनु परेको हो । यस्तो समस्या प्रयोगशला नजिकै घर भएका सुखराम मंडलको पनि छ । 
    मंडलले रगत जचाउँन विहान विहानै धाउँदा पनि प्रयोगशालको ढोका बन्द देखेपछि जाँच गराउन नपाई फर्किनु परेको गुनासो पोखे । प्रयोगशालामा गरिब, असहाय तथा विपन्न समुदायका विरामीलाई स्वास्थ्य जाँचमा सहुलियत पुग्ने जुन विश्वास गरिएको थियो, त्यो अनुसारको व्यवस्था नभएको बताए ।
    प्रयोगशालमा जेष्ठ नागरिकका लागी सबै प्रकारका जाँचमा ७५ प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ । डेंगु, मलेरिया र एच आई भी एडसको निःशुल्क परिक्षण गरिनुका साथै विभिन्न ६२ प्रकारका रोगहरुको यहाँ परिक्षण हुने ब्यवस्था मिलाइएको छ । 
    प्रयोगशालामा न्युनतम २५ रुपैया देखि अधिकतम ३ सय रुपैया सम्म सर्वसाधारणका लागी शुल्क निर्धारण गरिएको छ । ग्यास्ट्रिक, साईटिस, एच सायोलोरी, लिक्यु्डको प्रोफाईल र आर एफटी जाँचको ३ सय रुपैया शुल्क निर्धारण गरिएको छ ।  
    दिसा, पिसाब, आरवीसी, मधुमेह लगायतको जाँच शुल्क २५ रुपैया मात्र तोकिएको प्रयोगशालाकी इन्र्चाज नितु देवको भनाई छ । तर नगरपालकाको समय तालिका अनुसार संचालन हुने भएकाले  विहानका समयमा आउने विरामीको परिक्षणमा कठिनाई हुने गरेको उनको कथन छ । उनले २ जना स्वाथ्यकर्मी  मात्र रहदा पनि विहानको सेवा दिन कठिनाई भएको बताइन । 
    १० बजे पछि मात्र प्रयोगशाला खुल्ने भएका कारण विहान खाली पेटमा जाँच गर्नू पर्ने रगतको जाँच हुन न सकेको मधुमेहका रोगीहरुको गुनासो छ । शुक्रवार आधा दिन मात्र सेवा दिने र शनिवार पुर्णरुपमा बन्द रहनाले त झन सेवा प्रभावकारी बन्न सकेको छैन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो 
सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो 
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 
नेपाल भारत नाकामा आवागमन सूचारु गर्न माँग
नेपाल भारत नाकामा आवागमन सूचारु गर्न माँग
भन्सारमा निशुल्क मास्क बितरण 
भन्सारमा निशुल्क मास्क बितरण 
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
औद्योगिक क्षेत्रले मनायो वार्षिकोत्सव
औद्योगिक क्षेत्रले मनायो वार्षिकोत्सव
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ 
चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ