सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो 

राजविराज राजविराज
|
शनिबार, जेठ १३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सम्झौता अनुसारको भुक्तानी नपाएको गुनासो 

सारांश

  •     तीन वर्ष अघिदेखि शुरु भएको उक्त कार्य सम्पन्न गर्ने गरी भारतकै हैदरवादस्थित एनआरएच ईयचजेभी नामक निर्माण कम्पनीले ठेक्का पाएको थियो ।
  • उक्त कम्पनीले भने प्रभात कुमार मिश्र संचालक रहेको भारतकै त्रिकला इन्डस्ट्री इन्डिया कम्पनीलाई पेटी कन्टयाक्टमा सो काम गर्न जिम्मा दिएको थियो ।
  •       संचालक मिश्रले भने भारतकै विहार राज्य सिपौल जिल्ला विरपुर निवासी अर्का ठेकेदार राजु सिंहलाई साझेदार बनाई निर्माण कार्य शुरु गरेका थिए ।

    राजविराज÷सप्तरीको भारदहस्थित कोशी व्यारेजदेखि राजविराज–कुनौली सडक खण्ड अन्तर्गत पर्ने पश्चिमी नहरको सफाई कार्यमा संलग्न पेटीदार, कामदार तथा साझेदार समेतले काम गरेवापतको रकम पाउन नसकेको गुनासो गरेका छन् । 
    पीडित पक्षले शनिवार हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी काम सम्पन्न भएको महिनौ बितिसक्दा पनि बाँकी बक्यौता रकम पाउन नसक्दा यसमा श्रम र आर्थिक लगानी गरेका ९७ परिवार पिडामा परेको पीडा पोखेका छन् ।
    कोशी पश्चिमी नहर सफाईको काम भारत बिहार राज्यको सिँचाई विभाग कुनौली डिभिजनद्वारा झण्डै ३२ करोड भारतीय रुपैयाँका लगानीमा गरिएको छ । 
    तीन वर्ष अघिदेखि शुरु भएको उक्त कार्य सम्पन्न गर्ने गरी भारतकै हैदरवादस्थित एनआरएच ईयचजेभी नामक निर्माण कम्पनीले ठेक्का पाएको थियो । उक्त कम्पनीले भने प्रभात कुमार मिश्र संचालक रहेको भारतकै त्रिकला इन्डस्ट्री इन्डिया कम्पनीलाई पेटी कन्टयाक्टमा सो काम गर्न जिम्मा दिएको थियो । 
    संचालक मिश्रले भने भारतकै विहार राज्य सिपौल जिल्ला विरपुर निवासी अर्का ठेकेदार राजु सिंहलाई साझेदार बनाई निर्माण कार्य शुरु गरेका थिए । मिश्र र सिंहको बराबरी पुँजीमा सुरु भएको उक्त काममा भारतीय सँगै नेपाली मजदुर पनि खटिएका थिए । काम गरेर पनि लामो समयदेखि भुक्तानी नदिदा आफुहरु मार्कामा परेको पीडित मध्येका सत्यजीत झाले बताए । 
    भुक्तानी नदिएपछि केही दिनअघि मात्र निर्माण कम्पनीका ३ वटा स्काईभेटर उनीहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको थियो । उक्त स्काईभेटरहरु भारदह स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा राखिएको थियो । 
    तर, पनि भुक्तानी नपाएपछि पिडितहरुका तर्फबाट सप्तरी जिल्ला अदालतमा संचालक मिश्र विरुद्ध मुद्दा समेत परेपछि न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले जनमजदुर, माटो–ढुङ्गा, ट्रक, टिपर, टयाक्टर र इन्धन वापत कबोल गरेको रकम भुक्तानीको टुंगो नलागेसम्म हाल स्काईभेटर र अन्य सवारी साधनको अर्को आदेश वा प्रतिउत्तर परेपछि पुनः विचार गर्ने गरी हाललाई प्रतिउत्तर पर्ने कानून बमोजिमको अवधिसम्म नेपाल बाहिर लान नदिनु आदेश जारी गरेको थियो । 
    आदेशको उल्लघंन गर्दै एउटा स्काईभेटर भने प्रहरी नियन्त्रणबाट निकालेर ठेकेदारका आफन्तले लगेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । ठेकेदारका साझेदार रहेका राजु सिंहले आफुहरुले पाउनु पर्ने सबै १३ करोड अर्का साझेदार मिश्राले बुझिसकेपनि ९ करोड रुपैयाँ मात्र दिएर बाँकी पैसा राखेको कारण आफुले मजदुरहरुलाई भुक्तानी दिन नसकेको लाचारी व्यक्त गरे । 
    उनले संचालक मिश्राकै  कारण मजदुरलाई मात्र होईन, पेटी कन्टयाक्टमा आफुले काममा लगाएको नेपाली ठेकेदार तथा स्काईभेटरको इन्धन र टयाक्टर, टिपर लगायतका सवारी साधनको भाडा समेत दिन समस्या भएको बताए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?