एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव

राजविराज राजविराज
|
शनिबार, भाद्र ११, २०७९
|
|
१९ पटक हेरिएको
Shares
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव

सारांश

  •     तत्कालिन प्रधानमन्त्री ओलीले यस्तै खालको विधेयक र अध्यादेशहरु ल्याउँदा राष्ट्रपतिबाट एक घण्टामै प्रमाणिकरण हुने र हामीले ल्याउँदा राष्ट्रपतिलाई प्रमाणिकरण नगरि फिर्ता पठाइदिन दबाब दिनु यो दोहोरो चरित्र हो भन्दै उनले सुरु देखिनै मधेश बिरोधी रहेका ओली र उनको नेतृत्वको पार्टीमा अहिले पनि त्यो मानसिकता कायमै छ भन्ने कुराको पुष्टि गरेको उल्लेख गरे ।
  •     वर्षौदेखी नागरिकताबाट बञ्चित रहेका देशका नागरिकलाई नागरिकता दिन खोज्दा केपी ओलीले गैरनागरिक नै बनाइराख्न चाहेको भन्दै उनले यसका बिरुद्ध सडकदेखी सदनसम्म संघर्ष जारि राख्ने उद्घोष गरे ।
  • उनले मधेशको इतिहास नेपालको इतिहास भन्दा हजारौं वर्ष पुरानो रहेको दाबी गर्दै इतिहास मेटाउन खोज्नेलाई जनताले उचित जवाफ दिने चेतावनी पनि दिए ।

    राजविराज÷जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता संशोधन विधेयकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका पार्टी नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
    जसपा नेपाल सप्तरीद्वारा शनिबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् । 
    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्षौदेखी नागरिकता बिहीन जनताको हीतमा दुबै सदनबाट पारित हुँदा पनि राष्ट्रपतिले प्रमाणिकरण नगर्दा उनले दलको नेतासरह व्यवहार देखाउनु दुःखद भएको समेत बताए । 
    तत्कालिन प्रधानमन्त्री ओलीले यस्तै खालको विधेयक र अध्यादेशहरु ल्याउँदा राष्ट्रपतिबाट एक घण्टामै प्रमाणिकरण हुने र हामीले ल्याउँदा राष्ट्रपतिलाई प्रमाणिकरण नगरि फिर्ता पठाइदिन दबाब दिनु यो दोहोरो चरित्र हो भन्दै उनले सुरु देखिनै मधेश बिरोधी रहेका ओली र उनको नेतृत्वको पार्टीमा अहिले पनि त्यो मानसिकता कायमै छ भन्ने कुराको पुष्टि गरेको उल्लेख गरे ।
    वर्षौदेखी नागरिकताबाट बञ्चित रहेका देशका नागरिकलाई नागरिकता दिन खोज्दा केपी ओलीले गैरनागरिक नै बनाइराख्न चाहेको भन्दै उनले यसका बिरुद्ध सडकदेखी सदनसम्म संघर्ष जारि राख्ने उद्घोष गरे । उनले मधेशको इतिहास नेपालको इतिहास भन्दा हजारौं वर्ष पुरानो रहेको दाबी गर्दै इतिहास मेटाउन खोज्नेलाई जनताले उचित जवाफ दिने चेतावनी पनि दिए ।
    जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, पार्टीका प्रवक्ता मनिष सुमन, प्रेस मञ्चका महासचिव अवधेश कुमार झालगायतका वक्ताहरुले बोल्दै पार्टीलाई अगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्मानजनक जित दिलाउन अपनाउनु पर्ने नीति बारे आफ्नो धारणा राखेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?