विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

राजविराज राजविराज
|
बिहिबार, जेठ २२, २०८२
|
|
४१ पटक हेरिएको
Shares
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

सारांश

  •     प्लाष्टिक प्रदुषण नियन्त्रण हाम्रो दायित्व नाराका साथ सो गाउँपालिका वडा नं.
  • ४ स्थित रामजानकी मन्दिर नजिक जिता नदीको बाँधमा महगनी, सिसौ लगायत विभिन्न जातका सय वटा विरुवा रोपियो ।
  • गाउँपालिकाको समन्वय तथा ग्रामीणमुखि युवा अभियान नेपाल÷एईआईएन लग्जेम्बर्ग, सबल नेपाल, समावेशी अपाङ्ग संघ÷सिविएम ग्लोबल सँगको सहकार्यमा सो ठाउँमा वृक्षारोपण गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।

    विश्व वातावरण दिवसको अवसरमा विहिबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको दुई वटा वडामा वृक्षारोपण गरिएको छ ।
    प्लाष्टिक प्रदुषण नियन्त्रण हाम्रो दायित्व नाराका साथ सो गाउँपालिका वडा नं. ४ स्थित रामजानकी मन्दिर नजिक जिता नदीको बाँधमा महगनी, सिसौ लगायत विभिन्न जातका सय वटा विरुवा रोपियो । गाउँपालिकाको समन्वय तथा ग्रामीणमुखि युवा अभियान नेपाल÷एईआईएन लग्जेम्बर्ग, सबल नेपाल, समावेशी अपाङ्ग संघ÷सिविएम ग्लोबल सँगको सहकार्यमा सो ठाउँमा वृक्षारोपण गरिएको हो । 
    वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखियाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सबल नेपालका कार्यक्रम संयोजक मनिष महर्जन, ग्रामीणमुखि युवा अभियान नेपालका कार्यक्रम संयोजक ओम प्रकाश चौधरी, समावेशी अपाङ्ग संघका उपाध्यक्ष कपिलदेव मण्डल र ज्ञानेन्द्र कुमार झा सहितकाले विश्व वातावरण दिवसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारेका थिए ।
    यस्तै वडा नं. २ लौनियाँस्थित उमेश्वर आधारभूत विद्यालयमा ३० थान आँप तथा लिच्चीको विरुवा रोपियो । सो वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष कमल कुमार मण्डल, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सबल नेपालका कार्यक्रम संयोजक मनिष महर्जन, कार्यक्रम अधिकृत क्षितीज भट्ट, विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद खंग, आसमान नेपालका काशिन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।
    गाउँपालिकाको समन्वय तथा सबल नेपाल, समावेशी अपाङ्ग संघ÷सिविएम ग्लोबल, ईसिमोड, मर्सि कोप्र्स, आसमान नेपालसँगको सहकार्यमा सो विद्यालयमा वृक्षारोपण गरिएको हो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने
होली महोत्सव आयोजना हुने 
होली महोत्सव आयोजना हुने 
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन