सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने

सारांश

  •     जिल्लाको बोदेबसाइन र खडक नगरपालिकाको सीमामा रहेको जोगीया जाँजरमा बोदेबसाइन नगरपालिका २ र खडक नगरपालिका ८ स्थित रहेको जोगीया जाँजरमा दिनाभद्री जन्मोत्सव विभिन्न कार्यक्रमका साथ मनाइने आयोजकले जनाएको छ ।
  •       दिनाभद्री जन्मोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै पुजापाठ, भजन, किर्तन, दिप प्रज्वलन लगायत धार्मिक कार्यक्रम समेत आयोजना हुने प्रचार प्रसार समितिका संयोजक गंगा सदाले जानकारी दिएका छन् ।
  •       उनका अनुसार विगत २५ वर्षदेखि दिनाभद्री जन्मोत्सव मनाउदै आएकोमा यस पटक जन्मोत्सवको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    सप्तरीमा दिनाभद्री जन्मोत्सव मनाइने भएको छ । यही चैत २५, २६ र २७ गते तिन दिनसम्म उक्त महोत्सव मनाइने छ । 
    जिल्लाको बोदेबसाइन र खडक नगरपालिकाको सीमामा रहेको जोगीया जाँजरमा बोदेबसाइन नगरपालिका २ र खडक नगरपालिका ८ स्थित रहेको जोगीया जाँजरमा दिनाभद्री जन्मोत्सव विभिन्न कार्यक्रमका साथ मनाइने आयोजकले जनाएको छ । 
    दिनाभद्री जन्मोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै पुजापाठ, भजन, किर्तन, दिप प्रज्वलन लगायत धार्मिक कार्यक्रम समेत आयोजना हुने प्रचार प्रसार समितिका संयोजक गंगा सदाले जानकारी दिएका छन् । 
    उनका अनुसार विगत २५ वर्षदेखि दिनाभद्री जन्मोत्सव मनाउदै आएकोमा यस पटक जन्मोत्सवको तयारीका लागी रंगरोगन, सरसफाई, मञ्च व्यवस्थापन, दिपोत्सव, लगायतका काम अघि बढाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । 
    भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने ब्यवस्थाका लागी स्वयसेवक परिचालन, जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाईने तयारी भएको उनको भनाई छ । दिनाभद्रीलाई मुसहर (सदा) जातीको कुलदेउताको रुपमा पुजिने गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ