दैनिक समाचारदाता
राजविराज, १ भदौ ।
सप्तरीको राजगढ गाउँपालिकामा बुधबार दिउँसो एक बालकको पोखरीमा डुबेर ज्यान गएको छ ।
सो गाउँपालिका वडा नं. ४ बेल्हीस्थित पूर्णी पोखरीमा डुबेर स्थानिय बिरेन्द्र कुमार मण्डलको १३ वर्षिय छोरा राजा मण्डलको ज्यान गएको हो ।
बुधबार दिउँसो तीन÷चार जनाको बालबालिकाको समूहमा गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला एक्कासी राजा पोखरीमा डुबेको स्थानियहरुले बताएका छन् । अन्य बालकहरुले राजा पोखरीबाट ननिस्केपछि स्थानियहरुलाई खबर गरेका थिए ।
पोखरी वरिपरि रहेका मानिसहरुले सो खबर थाहापाउने बित्तिकै पोखरीमा खोजतलास गर्दा पानीमुनी उनको मृत शरीर भेटाएका थिए । सो घटना पश्चात् स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेपछि कानुन अनुसार मुचुल्ला उठाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो
सारांश
- सो गाउँपालिका वडा नं.
- ४ बेल्हीस्थित पूर्णी पोखरीमा डुबेर स्थानिय बिरेन्द्र कुमार मण्डलको १३ वर्षिय छोरा राजा मण्डलको ज्यान गएको हो ।
- बुधबार दिउँसो तीन÷चार जनाको बालबालिकाको समूहमा गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला एक्कासी राजा पोखरीमा डुबेको स्थानियहरुले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया