कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १०, २०७८
|
|
१८ पटक हेरिएको
Shares
कोरोना माहामारीलाई ध्यानमा राख्दै जिप्रका  सप्तरीद्वारा कार्य सम्पादनमा फेरबदल

सारांश

  •     सेवाग्राहीको अत्याधिक भिडभाड हुन थालेपछि प्रशासन कार्यालयले शुक्रवार सूचना जारी गर्दै थप स्वास्थ्य सतर्कतासहितको मापदण्ड कार्यान्वयमा ल्याएको हो ।
  •     कार्यालयले जारि गरेको सूचना अनुसार आईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकाको कार्य सम्पादन हुनेछ ।
  •     यसैगरी बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण गाउँपालिकाको कार्य सम्पादन हुनेछ ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले  संक्रमण फैलिन न्युन गर्न स्वास्थ्य सतर्कता अपाउनका लागि आइतबारदेखी कार्य सम्पादनमा फेरबदल गरेको छ । 
    सेवाग्राहीको अत्याधिक भिडभाड हुन थालेपछि प्रशासन कार्यालयले शुक्रवार सूचना जारी गर्दै थप स्वास्थ्य सतर्कतासहितको मापदण्ड कार्यान्वयमा ल्याएको हो ।
    कार्यालयले जारि गरेको सूचना अनुसार आईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकाको कार्य सम्पादन हुनेछ ।
    यसैगरी बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण गाउँपालिकाको कार्य सम्पादन हुनेछ ।
    कार्यालयमा सेवा लिन आउँदा मास्कको प्रयोग अनिवार्य गरेको छ भने दुई मिटरको सामाजिक दुरी समेत कायम गरी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?