दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्मको अवधीमा सप्तरीबाट बैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका मध्येबाट २८ जनाको ज्यान गएको छ ।
सप्तरी समुदायिक विकास केन्द्र नेपालले मंगलबार पत्रकार महासंघको सभाकक्षमा आयोजना गरेको सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारसँग अन्तरक्रिया तथा नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै सो जानकारी दिएको हो ।
जिल्लामा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भइरहेको प्रयास र समग्र अवस्था समेटिएको प्रतिवेदन सार्वजनिक गर्दै सुरक्षित आप्रवासन परियोजना कार्यक्रमका संयोजक राजेन्द्र यादवले विभिन्न घटना र दुर्घटनामा परि उनीहरुको ज्यान गएको जानकारी दिए । जसमध्ये ७ जनाले आत्महत्या, ४ जनाको कोरोना र ४ जनाको सवारी दुर्घटनामा तथा बाँकी अन्यको विभिन्न घटनामा मृत्यु भएको हो जनाइएको छ ।
यस्तै आर्थिक वर्ष २०६५/०६६ देखी हालसम्म १२ वर्षे अवधीमा जिल्लाबाट रोजगारीका लागि ४ सय ५३ महिला र १ लाख १४ हजार ४६ पुरुष विभिन्न मुलुक गएको उनले बताए ।
यस्तै चालु आ.ब. २०७७/७८ मा बैदेशिक रोजगारीमा जाने १ सय २३ जनालाई सीप र ३७ हजार २ सय ३६ जनालाई परामर्शका साथै एजेन्ट र विभिन्न म्यानपावर कम्पनीबाट ठगिएका दर्जनौं व्यक्तिलाई गरि १४ करोड रुँपैया क्षतिपूर्ति दिलाउन सफल भएको उनको भनाई छ ।
तथ्याङ्क प्रस्तुतीकरण अघि संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले नेपाल पत्रकार महासंघ सप्तरी शाखाका नवनिर्वाचित अध्यक्ष श्रवणकुमार देवलगायत अन्य पदाधिकारी तथा प्रदेश २ का मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई र प्रदेश २ कै आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवललाई सम्मान गरेका थिए ।
सम्मान कार्यक्रमपश्चात् आयोजित कार्यक्रममा बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने संचारकर्मीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित अध्यक्ष श्रवण देवले सीप हासिल नगरेर बैदेशिक रोजगारीमा नजान आग्रह गर्दै संचारकर्मीहरु पनि सरोकारवालासँग काँधमा काँध मिलाएर जनचेताका साथै सचेतना कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरी भट्टराइले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन कार्यरत संस्थासँग संचारकर्मीहरु मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश २ आमसंचार प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर यादवले स्वदेशमै रोजगारी प्रदान गर्ने वातावरण मिलाउनु पर्नेमा जोड दिँदै विदेश जानै पर्ने भए सही सूचना र सीप सिकेर जानु पर्ने बताए । यसका लागि संचेतना फैलाउने काममा संचारकर्मीहरुले पनि सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता तथा सामी हेल्भेटासका कार्यक्रम अधिकृत रामप्रमेश मण्डलले प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पत्रकार महासंघका सचिव रामनारायण विश्वास लगायतले पनि बोल्दै बैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन आ–आफ्नो स्तरबाट सक्रिय भूमिका निवाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
संस्थाले सुरक्षित बैदेशिक रोजगारका लागि जिल्लाको राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकामा गरि चार स्थानिय तहमा सुरक्षित आप्रवसन परियोजना (सामी) संचालन गरि सीप, परामर्श र सचेतना लगायतको कार्यक्रम संचालन गर्दै आएको छ ।
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
सारांश
- सप्तरी समुदायिक विकास केन्द्र नेपालले मंगलबार पत्रकार महासंघको सभाकक्षमा आयोजना गरेको सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारसँग अन्तरक्रिया तथा नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै सो जानकारी दिएको हो ।
- जिल्लामा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भइरहेको प्रयास र समग्र अवस्था समेटिएको प्रतिवेदन सार्वजनिक गर्दै सुरक्षित आप्रवासन परियोजना कार्यक्रमका संयोजक राजेन्द्र यादवले विभिन्न घटना र दुर्घटनामा परि उनीहरुको ज्यान गएको जानकारी दिए ।
- जसमध्ये ७ जनाले आत्महत्या, ४ जनाको कोरोना र ४ जनाको सवारी दुर्घटनामा तथा बाँकी अन्यको विभिन्न घटनामा मृत्यु भएको हो जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया