कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  

राजविराज राजविराज
|
बिहिबार, श्रावण ५, २०७९
|
|
५३ पटक हेरिएको
Shares
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  

सारांश

  •     ९० मिटर लामो पर्खालका भित्तामा बनाइएका देवी देवताका कलात्मक र सन्देशमुलक मिथिला चित्रकला अहिले सबैको आकर्षणको केन्द्र बनेको छ ।
  •       सीताको जन्म, विवाह र विदाईका दृश्यका साथै भगवान शिव र राधाकृष्ण लगायतका देवी देवताका आर्कषक मिथिला चित्र बनाइदै छ ।
  • सो कोरिएको कला हेर्न अहिले भीड लाग्ने गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ साउन । 
    अहिले सप्तरीस्थित विभिन्न सरकारी तथा सार्वजनिक स्थलका पर्खालहरुमा मिथिला चित्रकला कोरिदै छ । यसैक्रममा राजविराजस्थित भुमिसुधार तथा मालपोत कार्यालयको पर्खालमा भगवान राम र सीताका चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । 
    ९० मिटर लामो पर्खालका भित्तामा बनाइएका देवी देवताका कलात्मक र सन्देशमुलक मिथिला चित्रकला अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । 
    सीताको जन्म, विवाह र विदाईका दृश्यका साथै भगवान शिव र राधाकृष्ण लगायतका देवी देवताका आर्कषक मिथिला चित्र बनाइदै छ । सो कोरिएको कला हेर्न अहिले भीड लाग्ने गरेको छ । 
    मिथिला थिग्ंस जनकपुरकी पुनम कर्ण, रश्मी कर्ण, पुनम दत्त, सुखी कर्ण, अंजली साह लगायतको टोलीले विगत १५ दिन देखी रंग र कुची समाएर चित्रलाई अन्तिम रुप दिने तयारीमा छिन् । 
    मधेश प्रदेशमा अहिले विभिन्न कार्यालय, विद्यालय र स्थानीय तहमा मिथिला संस्कृति झल्किने मिथिला चित्रकलाको माँग बढ्दै गएकाले आपूmलाई उत्साहित बनाएको मिथिला चित्रकलाकर्मी अंजली बताउछिन् । 
    धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाईलाई दृष्टिगत गरी कार्यालय परिसर क्षेत्रलाई मिथिला कलामार्फत देवी देवताको चित्रले सजाइएको कार्यालय प्रमुख दिपेन्द्र कुमार झाले जानकारी दिँदै उनले यस कार्यका लागि शम्भुनाथ नगरपालिकाले सहयोग जुटाई दिएको बताए । 
    उनले कार्यालयको बाहिरी सजावटसँगै आन्तरिक सुधार र सेवा सुविधा चूस्तदूरुस्त बनाउन पनि आवश्यक काम थालिएको बताए । प्रत्येक फाँटमा सिसी क्यामरा जडान गरी निगरानी थालिएको तथा विचौलिया प्रवेशमा कडाई गरिएको उनको दाबी छ । 
    उनले सेवाग्राहीको चाप हेरेर राजविराज नगरपालिका र खडक नगरपालिकाको सहयोग जुटाई विश्राम कक्ष र उनीहरुलाई वस्नका लागी आवश्यक आवश्यक टेवुल कुर्सीको व्यवस्था पनि मिलाइएको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत
करोडौं रकम खर्च गरिएको सडकमा वर्षाको पानी जम्दा पोखरीमा परिणत
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?