ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?

राजविराज राजविराज
|
शनिबार, चैत्र २१, २०७७
|
|
१३३ पटक हेरिएको
Shares
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?

सारांश

  •     हुन त विस्फोट भएकै दिन गोइत समूहका एकजना पोलिटब्युरो सदस्य रामविलास यादवलाई सरकारले मूलधारको राजनीतिमा ल्याएको थियो ।
  • रामविलास यादव २०५८ सालदेखि नै भूमिगत थिए ।
  • १९ वर्षसम्म भूमिगत रहेर संघर्ष गर्दै आएका नेता यादव सिडियो कार्यालयबाट सार्वजनिक भएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २० गते नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग ३ बुँदे सम्झौता गर्दै भनेका थिए, अब कोही पनि विद्रोही समूह छैन, पृथकतावादी आन्दोलन गर्ने पनि कोही बाँकी छैन ।’
    त्यसको ठीक ९ दिनपछि अर्थात चैत १ गते जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएर प्रधानमन्त्री ओलीलाई चुनौती दियो ।
    गोइतले विज्ञप्ति जारी गरेर भ्रष्टाचारको विरुद्धमा विस्फोट गराएको प्रतिकृया दिए । तर, उनले प्रधानमन्त्री ओलीले दाबी गरेको विषयमा बम विस्फोटमार्फत प्रतिकृया दिएको विश्लेषण गरिँदै आएको छ । पृथकतावादी आन्दोलनमा लागेका सिके राउत र सशस्त्र आन्दोलनमा लागेका विप्लवलाई मूलधारको राजनीतिमा ल्याएर अब यो देशमा कुनै विद्रोही समूह छैन, सशस्त्र आन्दोलन समाप्त भयो भन्नासाथ गोइतबाट ओलीले जवाफ पाएका हुन् ।
    हुन त विस्फोट भएकै दिन गोइत समूहका एकजना पोलिटब्युरो सदस्य रामविलास यादवलाई सरकारले मूलधारको राजनीतिमा ल्याएको थियो । रामविलास यादव २०५८ सालदेखि नै भूमिगत थिए । १९ वर्षसम्म भूमिगत रहेर संघर्ष गर्दै आएका नेता यादव सिडियो कार्यालयबाट सार्वजनिक भएका थिए ।
    यादव भन्छन्, ‘गोइत पनि वार्ता विरोधी हुनुहुन्न, उहाँले पनि वार्ताकै माध्यमबाट समस्या समाधान गर्न चाहनुभएको छ । तर, सरकारले त्यसलाई ठीक ढंगले प्रोजेक्ट गर्न सकेको छैन । सरकारले आत्मसमर्पण गराउन चाहन्छ, जो गोइतजीबाट सम्भव छैन ।’
    १९ वर्षको अवधिमा सरकारले विभिन्न माध्यमबाट वार्ता गर्नका लागि पटक–पटक प्रयास पनि गरेको हो । तर, त्यसको वातावरण बन्न सकेको छैन । सरकारको चाहना थियो, हातहतियार सरकारलाई बुझाइदेओस्, सशस्त्र गतिविधि छोडिदियोस् । तर, त्यसको बदलामा राजनीतिक रुपमा भने सरकारले केही दिन नचाहेको गोइत निकट नेताहरुको भनाइ छ ।
    यादव भन्छन्, ‘हामीले त्यतिबेलै भनेका थियौं, हामी हातहतियार बुझाउँछौँ, तर हाम्रा कार्यकर्तामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता हुनुपर्छ । जेलमा रहेका सम्पूर्ण बन्दी रिहाइ हुनुपर्छ । त्यसपछि मात्र हामी वार्तामा बस्छौँ । तर, सरकारले कहिल्यै स्वीकार गरेन । सरकारको चाहना छ कि अरु सशस्त्र समूहले जसरी नै आत्मसमर्पण गरेर सरकारसँग वार्ता होस्, त्यसो गर्दा जनतान्त्रिक तराई मुक्ति मोर्चाले पनि सरकारसमक्ष आत्मसमर्पण गर्नुपर्ने हुन्छ ।’
    आफूहरुले त्यत्रो समयदेखि सशस्त्र आन्दोलन गरेको र मधेसका जनताको साथ र समर्थन रहेको हुनाले सरकार समक्ष आत्मसमर्पण नगर्ने निर्णय गरेकोे सुनाउँदै नेता यादवले पछिल्लो समय जनतान्त्रिक मुक्ति मोर्चासँग वार्ता गर्न सरकार सकारात्मक नदेखिएका कारण आफू मोर्चा छाडेर एक्लै मूलधारको राजनीतिमा आएको बताए । आफूहरुले जे मागका लागि सशस्त्र आन्दोलन गरेको थियो, त्यो माग शान्तिपूर्ण ढंगबाट पनि प्राप्त गर्न सकिन्छ भनेर आफू शान्ति प्रकृयामा आएको उनले बताए ।
    ‘नेपालबाट तराई अलग गर्ने माग सरकारलाई दबाव दिनका लागि राखिएको माग हो, नेपाललाई टुक्रयाउन त्यति सजिलो छैन’ उनी भन्छन्, ‘एक त नेपाल सानो देश हो, त्यसबाट पनि तराईलाई अलग गरिदियो भने के बाँकी रहन्छ ? त्यसैले जनतान्त्रिक तराई मुक्ति मोर्चाको मागमध्ये त्यो बटमलाइन थिएन, सरकारले वार्ता गर्न चाहेको भए त्यसमा कम्प्रोमाइज गर्न सकिन्थ्यो ।’
    गोइतले पनि अहिले मुख्यरुपमा नेपालबाट तराईलाई अलग गर्नुपर्छ भन्दै तराई मुक्तिका लागि सशस्त्र गतिविधि गरिरहेका छन् । तर, उनी त्यसमै अडान लिएर बस्ने पक्षमा नरहेको यादवको दाबी छ । सरकारले वार्ताको वातावरण बनाए उनी पनि मूलधारको राजनीतिमा आउनेमा आफू विश्वस्त रहेको तर वार्ता सम्मानजनक हुनुपर्ने उनी बताउँछन् । आत्मसमर्पण गर्ने पक्षमा गोइत नरहेको उनी बताउँछन् ।
    एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । तर, आफ्नै पार्टीका पुराना नेता गोइततिर उनको ध्यान गएको छैन । प्रधानमन्त्री ओलीले अब कुनै विद्रोही समूह तथा पृथकतावादीहरु छैनन् भनिरहँदा आफ्नै पार्टीका तत्कालीन नेताप्रति किन ध्यान नगएको भन्ने प्रश्न उठ्न थालेको छ ।
को हुन् गोइत ?
    सुरुमा दुईचोटि सप्तरी क्षेत्र नम्बर ३ मा  एमालेका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका गोइत माओवादीमा प्रवेश गरेका थिए । तर, माओवादीबाट पनि चिढिएर उनी अलग्गै सशस्त्र आन्दोलनमा लागेका हुन् ।
    माओवादीले गोइतको नेतृत्वमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो । पछि सो मोर्चाबाट उनलाई हटाएर मातृका यादवलाई संयोजक बनाइयो र गोइतलाई जिल्ला कमिटीमा सीमित गरियो । त्यसपछि उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा बनाएर सशस्त्र गतिविधिमा लागे । शुरुमा भूमिगत हुँदा त्यतिबेला माओवादीका थुप्रै नेता–कार्यकर्ता गोइतको निशाना बनेका थिए । माओवादीले उनीमाथि जे व्यवहार गर्यो, त्यसले गर्दा उनले बाध्य भएर बन्दुक उठाएको रामविलास यादवको दाबी छ ।
    पूर्वएमाले नेता गोइत विद्यार्थी कालदेखि नै वामपन्थी विचारका थिए । भारतमा कलेज पढ्दा उनी वामपन्थी नेताको सम्पर्कमा गएका थिए ।
    वामपन्थीका विभिन्न पार्टी तथा विचार समूह हुँदै माले, त्यसपछि एमाले अनि माओवादी र माओवादी छाडेर सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतसँग अहिले कुनै पनि एमालेका नेतासँग सम्पर्क छैन । गोइत २०६१ साउन १० गतेदेखि भूमिगत भएका हुन् ।
    तराई–मधेसमा सशस्त्र आन्दोलन गर्ने सबभन्दा पुरानो संगठन गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा नै हो । पछि सोही मोर्चाबाट विभिन्न समूहहरु छुट्टिए । त्यसमध्ये कतिपयले सरकारसँग वार्ता पनि गरेका छन् र मूलधारको राजनीतिमा आएका छन् । तर, गोइत आफ्नो मिसन छाडेर मूलधारको राजनीतिमा आउने पक्षमा देखिएका छैनन् । उनीनिकट नेताहरु भन्छन्, ‘यत्रो लामो समयसम्म तराई मुक्तिका लागि आन्दोलन गर्नुभयो, अहिले बुढेसकालमा आएर आत्मसमर्पण गर्नुहुन्न । उहाँले आफ्नो मुद्दा जीवनकालसम्म उठाइरहनुहुन्छ ।’
    सरकारसँग वार्ता गर्ने तर यूएनको मध्यस्थतामा गर्ने कुरा गोइतले पटक–पटक उठाउँदै आएका छन् । तर, सरकारले कसैको मध्यस्थता चाहेको छैन । गोइतसँग सिधै वार्ता गर्न चाहन्छ । वार्तामा नआए त्यतिकै समाप्त पार्ने तयारी गरिरहेको छ । तर, गोइत निकटका नेताहरु भन्छन्, ‘उनी एक्लै भए पनि सरकारसँग लडिरहने पक्षमा छन् ।’ रातोपाटीबाट    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
बारा र सिरहा बिजयी
बारा र सिरहा बिजयी
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी