ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?

राजविराज राजविराज
|
शनिबार, चैत्र २१, २०७७
|
|
८१ पटक हेरिएको
Shares
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?

सारांश

  •     हुन त विस्फोट भएकै दिन गोइत समूहका एकजना पोलिटब्युरो सदस्य रामविलास यादवलाई सरकारले मूलधारको राजनीतिमा ल्याएको थियो ।
  • रामविलास यादव २०५८ सालदेखि नै भूमिगत थिए ।
  • १९ वर्षसम्म भूमिगत रहेर संघर्ष गर्दै आएका नेता यादव सिडियो कार्यालयबाट सार्वजनिक भएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २० गते नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग ३ बुँदे सम्झौता गर्दै भनेका थिए, अब कोही पनि विद्रोही समूह छैन, पृथकतावादी आन्दोलन गर्ने पनि कोही बाँकी छैन ।’
    त्यसको ठीक ९ दिनपछि अर्थात चैत १ गते जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएर प्रधानमन्त्री ओलीलाई चुनौती दियो ।
    गोइतले विज्ञप्ति जारी गरेर भ्रष्टाचारको विरुद्धमा विस्फोट गराएको प्रतिकृया दिए । तर, उनले प्रधानमन्त्री ओलीले दाबी गरेको विषयमा बम विस्फोटमार्फत प्रतिकृया दिएको विश्लेषण गरिँदै आएको छ । पृथकतावादी आन्दोलनमा लागेका सिके राउत र सशस्त्र आन्दोलनमा लागेका विप्लवलाई मूलधारको राजनीतिमा ल्याएर अब यो देशमा कुनै विद्रोही समूह छैन, सशस्त्र आन्दोलन समाप्त भयो भन्नासाथ गोइतबाट ओलीले जवाफ पाएका हुन् ।
    हुन त विस्फोट भएकै दिन गोइत समूहका एकजना पोलिटब्युरो सदस्य रामविलास यादवलाई सरकारले मूलधारको राजनीतिमा ल्याएको थियो । रामविलास यादव २०५८ सालदेखि नै भूमिगत थिए । १९ वर्षसम्म भूमिगत रहेर संघर्ष गर्दै आएका नेता यादव सिडियो कार्यालयबाट सार्वजनिक भएका थिए ।
    यादव भन्छन्, ‘गोइत पनि वार्ता विरोधी हुनुहुन्न, उहाँले पनि वार्ताकै माध्यमबाट समस्या समाधान गर्न चाहनुभएको छ । तर, सरकारले त्यसलाई ठीक ढंगले प्रोजेक्ट गर्न सकेको छैन । सरकारले आत्मसमर्पण गराउन चाहन्छ, जो गोइतजीबाट सम्भव छैन ।’
    १९ वर्षको अवधिमा सरकारले विभिन्न माध्यमबाट वार्ता गर्नका लागि पटक–पटक प्रयास पनि गरेको हो । तर, त्यसको वातावरण बन्न सकेको छैन । सरकारको चाहना थियो, हातहतियार सरकारलाई बुझाइदेओस्, सशस्त्र गतिविधि छोडिदियोस् । तर, त्यसको बदलामा राजनीतिक रुपमा भने सरकारले केही दिन नचाहेको गोइत निकट नेताहरुको भनाइ छ ।
    यादव भन्छन्, ‘हामीले त्यतिबेलै भनेका थियौं, हामी हातहतियार बुझाउँछौँ, तर हाम्रा कार्यकर्तामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता हुनुपर्छ । जेलमा रहेका सम्पूर्ण बन्दी रिहाइ हुनुपर्छ । त्यसपछि मात्र हामी वार्तामा बस्छौँ । तर, सरकारले कहिल्यै स्वीकार गरेन । सरकारको चाहना छ कि अरु सशस्त्र समूहले जसरी नै आत्मसमर्पण गरेर सरकारसँग वार्ता होस्, त्यसो गर्दा जनतान्त्रिक तराई मुक्ति मोर्चाले पनि सरकारसमक्ष आत्मसमर्पण गर्नुपर्ने हुन्छ ।’
    आफूहरुले त्यत्रो समयदेखि सशस्त्र आन्दोलन गरेको र मधेसका जनताको साथ र समर्थन रहेको हुनाले सरकार समक्ष आत्मसमर्पण नगर्ने निर्णय गरेकोे सुनाउँदै नेता यादवले पछिल्लो समय जनतान्त्रिक मुक्ति मोर्चासँग वार्ता गर्न सरकार सकारात्मक नदेखिएका कारण आफू मोर्चा छाडेर एक्लै मूलधारको राजनीतिमा आएको बताए । आफूहरुले जे मागका लागि सशस्त्र आन्दोलन गरेको थियो, त्यो माग शान्तिपूर्ण ढंगबाट पनि प्राप्त गर्न सकिन्छ भनेर आफू शान्ति प्रकृयामा आएको उनले बताए ।
    ‘नेपालबाट तराई अलग गर्ने माग सरकारलाई दबाव दिनका लागि राखिएको माग हो, नेपाललाई टुक्रयाउन त्यति सजिलो छैन’ उनी भन्छन्, ‘एक त नेपाल सानो देश हो, त्यसबाट पनि तराईलाई अलग गरिदियो भने के बाँकी रहन्छ ? त्यसैले जनतान्त्रिक तराई मुक्ति मोर्चाको मागमध्ये त्यो बटमलाइन थिएन, सरकारले वार्ता गर्न चाहेको भए त्यसमा कम्प्रोमाइज गर्न सकिन्थ्यो ।’
    गोइतले पनि अहिले मुख्यरुपमा नेपालबाट तराईलाई अलग गर्नुपर्छ भन्दै तराई मुक्तिका लागि सशस्त्र गतिविधि गरिरहेका छन् । तर, उनी त्यसमै अडान लिएर बस्ने पक्षमा नरहेको यादवको दाबी छ । सरकारले वार्ताको वातावरण बनाए उनी पनि मूलधारको राजनीतिमा आउनेमा आफू विश्वस्त रहेको तर वार्ता सम्मानजनक हुनुपर्ने उनी बताउँछन् । आत्मसमर्पण गर्ने पक्षमा गोइत नरहेको उनी बताउँछन् ।
    एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । तर, आफ्नै पार्टीका पुराना नेता गोइततिर उनको ध्यान गएको छैन । प्रधानमन्त्री ओलीले अब कुनै विद्रोही समूह तथा पृथकतावादीहरु छैनन् भनिरहँदा आफ्नै पार्टीका तत्कालीन नेताप्रति किन ध्यान नगएको भन्ने प्रश्न उठ्न थालेको छ ।
को हुन् गोइत ?
    सुरुमा दुईचोटि सप्तरी क्षेत्र नम्बर ३ मा  एमालेका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका गोइत माओवादीमा प्रवेश गरेका थिए । तर, माओवादीबाट पनि चिढिएर उनी अलग्गै सशस्त्र आन्दोलनमा लागेका हुन् ।
    माओवादीले गोइतको नेतृत्वमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो । पछि सो मोर्चाबाट उनलाई हटाएर मातृका यादवलाई संयोजक बनाइयो र गोइतलाई जिल्ला कमिटीमा सीमित गरियो । त्यसपछि उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा बनाएर सशस्त्र गतिविधिमा लागे । शुरुमा भूमिगत हुँदा त्यतिबेला माओवादीका थुप्रै नेता–कार्यकर्ता गोइतको निशाना बनेका थिए । माओवादीले उनीमाथि जे व्यवहार गर्यो, त्यसले गर्दा उनले बाध्य भएर बन्दुक उठाएको रामविलास यादवको दाबी छ ।
    पूर्वएमाले नेता गोइत विद्यार्थी कालदेखि नै वामपन्थी विचारका थिए । भारतमा कलेज पढ्दा उनी वामपन्थी नेताको सम्पर्कमा गएका थिए ।
    वामपन्थीका विभिन्न पार्टी तथा विचार समूह हुँदै माले, त्यसपछि एमाले अनि माओवादी र माओवादी छाडेर सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतसँग अहिले कुनै पनि एमालेका नेतासँग सम्पर्क छैन । गोइत २०६१ साउन १० गतेदेखि भूमिगत भएका हुन् ।
    तराई–मधेसमा सशस्त्र आन्दोलन गर्ने सबभन्दा पुरानो संगठन गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा नै हो । पछि सोही मोर्चाबाट विभिन्न समूहहरु छुट्टिए । त्यसमध्ये कतिपयले सरकारसँग वार्ता पनि गरेका छन् र मूलधारको राजनीतिमा आएका छन् । तर, गोइत आफ्नो मिसन छाडेर मूलधारको राजनीतिमा आउने पक्षमा देखिएका छैनन् । उनीनिकट नेताहरु भन्छन्, ‘यत्रो लामो समयसम्म तराई मुक्तिका लागि आन्दोलन गर्नुभयो, अहिले बुढेसकालमा आएर आत्मसमर्पण गर्नुहुन्न । उहाँले आफ्नो मुद्दा जीवनकालसम्म उठाइरहनुहुन्छ ।’
    सरकारसँग वार्ता गर्ने तर यूएनको मध्यस्थतामा गर्ने कुरा गोइतले पटक–पटक उठाउँदै आएका छन् । तर, सरकारले कसैको मध्यस्थता चाहेको छैन । गोइतसँग सिधै वार्ता गर्न चाहन्छ । वार्तामा नआए त्यतिकै समाप्त पार्ने तयारी गरिरहेको छ । तर, गोइत निकटका नेताहरु भन्छन्, ‘उनी एक्लै भए पनि सरकारसँग लडिरहने पक्षमा छन् ।’ रातोपाटीबाट    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि
सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
विद्यालयको लापरवाहीले विद्यार्थीको मृत्यु भएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन 
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?