दैनिक समाचारदाता
रौतहट, १६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइएको छ ।
नागरिक तथा उडयन पर्यटक मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएकोमा पार्टीको झण्डा झुकाइएको हो ।
नेकपाका कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको नेतृत्वमा पार्टी कार्यालय रौतहटको झण्डा झुकाइएको छ ।
सो क्रममा कार्यदल सदस्य शाहले असल नेतृत्वकर्ता ,इमानदारी छवी भएको योद्धा अधिकारी पार्टीले गुमाएको प्रति दुःख व्यतm गरे । निधन भएका मन्त्री अधिकारी लगायत सात जना प्रति हार्दिक श्रद्धाञजली अर्पण समेत गरेका छन ।
शोकाकुल परिवार प्रति धैर्यधारणको कामना सहित उनको सपना पुरा गर्न पार्टीले अहम भुमिका खेल्ने शाहले बताए ।
सोही अवसरमा माधव नारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह ,स्थानीय नेता प्रेमचन्द्र साह, राजेश शाह, विरेन्द्र साह, नेपाल प्रस सगठनका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासँगका पार्षद राम एकवाल शाह, पत्रकार सजय सहनी लगायतका महानुभावहरुले श्रद्धाञजली अर्पण गरेका थिए ।
यसै गरी राष्ट्रिय जनता पार्टी केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरी हेलिकप्टर दुर्घटना प्रति दुःख व्यतm गरेको छ । शोकाकुल परिवार र पार्टी प्रति समवेदना प्रकट गरेको छ । अध्यक्ष महेन्द्र राय यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
मन्त्री अधिकारीको निधनको शोकमा पार्टी कार्यालय रौतहटमा झण्डा झुकाइयो
सारांश
- नागरिक तथा उडयन पर्यटक मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा निधन भएकोमा पार्टीको झण्डा झुकाइएको हो ।
- नेकपाका कार्यदल सदस्य उपेन्द्र प्रसाद शाहको नेतृत्वमा पार्टी कार्यालय रौतहटको झण्डा झुकाइएको छ ।
- सो क्रममा कार्यदल सदस्य शाहले असल नेतृत्वकर्ता ,इमानदारी छवी भएको योद्धा अधिकारी पार्टीले गुमाएको प्रति दुःख व्यतm गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया