दैनिक समाचरदाता
राजविराज, २६ असोज ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश अवधेश कुमार यादवको ७३ वर्षको उमेरमा शनिबार निधन भएको छ । बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिवार साँझ उनको उपचारका क्रममा निधन भएको हो ।
सप्तरीको तिरहुत गाउँपालिकाको डिमन निवासी यादव सर्वोच्च अदालतको न्यायाधीश भएर अवकाशप्राप्त भई सुनसरीको लौकहीस्थितको घरमा वस्दैआएका थिए ।
उनी तत्कालिन पूनरावेदन बार एसोसिएसन (हाल उच्च अदालत जनकपुर–राजविराज इजलास)को अध्यक्ष समेत भएर काम गरेका थिए । यादवले न्यायायाधीश हुनु अघि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा केही वर्ष अध्यापन समेत गराएका थिए ।
न्यायालयमा स्वच्छ एवम् इमान्दार न्यायाधीशको रुपमा चिनिएका उनी आफ्नो निजी सम्पत्ती सार्वजनिक गर्ने पहिलो न्यायाधीश हुन् ।
पूर्व न्यायाधीशका पत्नी भवानी देवी, छोराहरु क्रमशः अरुण कुमार यादव, डा. रविन्द्र कुमार यादव, कविन्द्र यादव र छोरी डा. गीता यादव छिन् । उनका छोरा डा. रविन्द्र विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) का अन्तर्राष्ट्रिय समिति महासचिव हुन् ।
उनको पार्थिव शरीरलाई आइतबार विहान राजविराजस्थितको निवासमा श्रद्धाञ्जलीकालागि राखिएको थियो । उनको पार्थिव शरीरमा बार एसोसिएसनको झण्डा ओढाईएको थियो ।
यस्तै प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, न्यायाधीश दिनेश कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, पूर्व मेयर शैलेश कुमार चौधरी, पूर्व क्याम्पस प्रमुखद्वय प्राध्यापक अमरकान्त झा, प्रा.डा. रामखेलावन यादव, राष्ट्रिय जनता पार्टीका महासचिव जयप्रकाश ठाकुर, सह–महासचिव गजेन्द्र कुमार मण्डल, नेपाल निजामती कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष अजयकुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पूनरावेदन वारका पूर्व अध्यक्ष श्यामनारायण साह, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवसहित विभिन्न क्षेत्र एवम् पेशासँग सम्वन्धित व्यक्तिहरुले पूर्व न्यायाधीश यादवलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
उनको शवलाई आइतवारै जन्मस्थान डिमन लगेर हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
पूर्व न्यायाधीश अवधेश यादवको निधन
सारांश
- सप्तरीको तिरहुत गाउँपालिकाको डिमन निवासी यादव सर्वोच्च अदालतको न्यायाधीश भएर अवकाशप्राप्त भई सुनसरीको लौकहीस्थितको घरमा वस्दैआएका थिए ।
- उनी तत्कालिन पूनरावेदन बार एसोसिएसन (हाल उच्च अदालत जनकपुर–राजविराज इजलास)को अध्यक्ष समेत भएर काम गरेका थिए ।
- यादवले न्यायायाधीश हुनु अघि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा केही वर्ष अध्यापन समेत गराएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया