राजविराज÷सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुले संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई यसपटक जनताले जिताउनेमा विश्वस्त रहेको बताएका छन् ।
शनिबार विहान राजविराज नगरपालिका वडा ७ मा घरदैलो कार्यक्रमका क्रममा मतदाताहरु संग भेट्दै उनले जनताको गुनासो र समस्या समाधान गर्न आफू जुनसुकै बेला पनि तयार रहने बताएका हुन् ।
आफू निर्वाचित भएपछि यस क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता जनाएका उनले आफू जिते यस क्षेत्रको विकासका लागि मतदाता सामु जारि गरेको ३० बुँदे प्रतिबद्धता समेत पूर्ण रुपमा पालना गर्ने जनाए ।
विगतमा भन्दा यस वर्ष मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको भन्दै नेता ठाकुरले विकासका काममा आफू सधै अगाडि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । नेता ठाकुरले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताए ।
सोही क्रममा सप्तरी २ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले यो गठबन्धन चुनाव भरीको लागि मात्र नभई मंसिर ४ पछि पनि लामो समय सम्म कायम रहने दावी गरे । यो गठबन्धन संविधान रक्षाको लागि र संविधान बचाउनको लागि भएको उल्लेख गर्दै उनले भने, ‘लोकतान्त्रिक बाम गठबन्धको उम्मेदवारहरुको पक्षमा मतदान गरी सहयोग गर्नुहोस् ।
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
सारांश
- विगतमा भन्दा यस वर्ष मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको भन्दै नेता ठाकुरले विकासका काममा आफू सधै अगाडि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
- संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए ।
- नेता ठाकुरले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया