दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
राजविराजस्थित सगरमाथा आँखा अस्पताल प्रालिले एक वर्षको अवधीमा एक हजार २ सय १५ तथा अन्य जटिल रोगका १ सय ३१ जना आखाका विरामीको शल्यक्रिया सफलतापूवर्क सम्पन्न गरेको जनाएको छ ।
एक वर्ष अघि स्थापना भएको सो अस्पतालले आप्mनो पहिलो वार्षिकोत्सव मनाउने क्रममा आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
अस्पतालले एक वर्षको अवधिमा १४ हजार ६ सय ५ जना आखाका रोगीलाई उपचार सेवा प्रदान गरेको समेत जनाएको छ । जसमध्ये झण्डै ३० प्रतिशत भारतीय सेवाग्राही छन । अस्पतालका म्यानेजर अफाक अनवरले एक वर्षको अवधिमा मोतियाबिन्दुका १ हजार २ सय १५ तथा अन्य जटिल रोगका १ सय ३१ जना आखाका विरामीको शल्यक्रिया तथा १३ हजार २ सय ५९ जनाको आखाका विभिन्न रोगको उपचार गरी कुल १४ हजार ६ सय ५ जनालाई उपचार सेवा प्रदान गरिएको जानकारी दिए ।
उनले ४ हजार ३ सय ८१ जना भारतीय नागरिकले समेतले उपचार पाएको बताउँदै भारतीय नागरिकका लागी समेत उपचार गर्न भरपर्दाे ठाउँ बनेकाले उनीहरुको यस अस्पताल तर्फ आकर्षण बढ्दै गएको दाबी गरे ।
कार्यक्रममा अस्पतालका निर्देशक एवं नेत्र रोग विशेषज्ञ डा. आशिष राज पन्तले सस्तो दरमै मेशिन र हात दुबैको प्रयोग गरेर आखाँको समान्यदेखि जटिल प्रकृतिका उपचार र शल्यक्रिया सेवा उपलब्ध गराउन थालेपछि आखाका बिरामीको यस अस्पताल प्रति आकर्षण बढ्दै गएको दाबी गरे ।
न्युन आय भएकाले पनि सस्तोमा उपचार पाओस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको १५ शैयाको अस्पतालमा आखा र आखा आसपासको प्लास्टिक सर्जरी, आखाको क्यान्सर र कोर्निया, अकुलोटप्लास्टि, दृष्टिदोष लगायतको उपचार सेवा उपलब्ध रहेको तथा निकट भविष्यमै आखाको नानी प्रत्यारोपण तथा रेटिना सर्जरी सेवा समेत संचालन हुने उनले जानकारी दिए ।
नेपालबाट अन्धोपन हटाउन र आखाका विरामीलाई सहजरुपमा उपचार सेवा उपलब्ध गराउन एक वर्षको अवधीमा मदरसा, विद्यालय, विभिन्न पालिका र सेनाको बरखगण गरी ७ ठाउँमा समेत पुगेर निःशुल्क आखा उपचार शिवीर संचालन गरिएको उनले जानकारी दिए ।
एक अध्ययनको क्रममा सप्तरीमा ५० वर्ष र सो भन्दा माथीका जनसंख्या मध्ये २० प्रतिशतमा दृष्टि कमजोर र आखाको समस्या देखिएको भन्दै उनले आखाको सुरक्षाका लागी जीवन शैलीमा सुधार र आवश्यक सर्तकर्ताको आवश्यकता समेत औल्याए ।
वार्षिकोत्सवको अवसर पारेर ७ दिन सम्म अस्पताल परिसरमा निःशुल्क आखा परिक्षण तथा अन्य उपचारमा २५ प्रतिशत सम्म छुटको व्यवस्था समेत मिलाइएको अस्पताल प्रशासनले जनाएको छ ।
१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार
सारांश
- एक वर्ष अघि स्थापना भएको सो अस्पतालले आप्mनो पहिलो वार्षिकोत्सव मनाउने क्रममा आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
- अस्पतालले एक वर्षको अवधिमा १४ हजार ६ सय ५ जना आखाका रोगीलाई उपचार सेवा प्रदान गरेको समेत जनाएको छ ।
- जसमध्ये झण्डै ३० प्रतिशत भारतीय सेवाग्राही छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया