अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग

राजविराज राजविराज
|
बुधबार, चैत्र १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  •     गत चैत २ गते अचानक भएको आगलागीमा छोरीको बिवाहका लागि साहुमहाजन सँग ऋण लिएर जोहो गरेको नगद रु.
  • ३ लाख र सुनचाँदीको गरगहना तथा अन्नपात लगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि बिजोगमा परेको स्थानिय बिद्यालाल मण्डलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
  •       छोरीको बिवाहमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ समाजले बिद्यालालको परिवारलाई नगद रु.

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
    नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले सप्तरीको सुरुङ्गा नगरपालिका ९ प्रमाणपुरका एक अग्निपीडित परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरेको छ । 
    गत चैत २ गते अचानक भएको आगलागीमा छोरीको बिवाहका लागि साहुमहाजन सँग ऋण लिएर जोहो गरेको नगद रु. ३ लाख र सुनचाँदीको गरगहना तथा अन्नपात लगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि बिजोगमा परेको स्थानिय बिद्यालाल मण्डलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । 
    छोरीको बिवाहमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ समाजले बिद्यालालको परिवारलाई नगद रु. ५० हजार प्रदान गरेको छ । 
    समाजका अध्यक्ष मो. अल्लाउदीन र सुरुङ्गा नगरपालिका ९ का वडाअध्यक्ष पुथ्वीविलास चौधरीले बिद्यालाललाई सो नगद प्रदान गरेका हुन् । 
    समाजले यसअघि सो बस्तीका अग्नि पीडित परिवारलाई चामल, दाल, कपडा लगायतका समान बितरण गरेको थियो भने  अग्नि पीडित परिवारको समस्यालाई मध्यनजर गरि बस्तीमा ३ थान ट्युबेल समेत जडान गरिदिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
राजपा र समाजवादीबिच  एकताका लागि वार्ता आवश्यक
राजपा र समाजवादीबिच  एकताका लागि वार्ता आवश्यक
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता
प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण
प्रदेश सभाको पहलमा लायन्सद्वारा न्यानो कपडा वितरण
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए