दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
राजविराजमा स्थापना भएको प्रदेश २ कृषि विश्वविद्यालयका लागि जग्गाको टुङ्गो लागेको छ ।
राजविराज नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले वडा नं. १३ विषहरियामा कृषि विश्वविद्यालयका लागि छबिस विगहा ८ कठ्ठा १८ धुर जग्गा दिने निर्णय गरेको हो ।
साविकको विषहरिया गाविस ५ ख हाल राजविराज नगरपालिका वडा नं. १३ मा नेपाल सरकारको नाउँको नगरपालिका अधिन्सत रेखदेख नियन्त्रण संरक्षणमा रहेको कित्ता नं. १ को २९–२–१८ मध्येबाट २६–८–१८ क्षेत्रफलको जग्गा कृषि विश्वविद्यालयका लागि ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको हो ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले कृषि विश्वविद्यालयका लागि उक्त जग्गा कार्यपालिकाको बैठकले निर्णय गरि आवश्यक सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीसहित मालपोत कार्यालय र नापी कार्यालयसमेतलाई बोधार्थ गरिएको जानकारी दिए ।
प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ । यसअघि राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय समेत स्थापना भइसकेको छ ।
राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय
सारांश
- राजविराज नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले वडा नं.
- १३ विषहरियामा कृषि विश्वविद्यालयका लागि छबिस विगहा ८ कठ्ठा १८ धुर जग्गा दिने निर्णय गरेको हो ।
- साविकको विषहरिया गाविस ५ ख हाल राजविराज नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया