दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
नागरिकता बनाई दिन माग गर्दा मंगलबार दिउँसो आफ्नै पत्नीमाथी पतिले खुकुरी प्रहार गरि हत्याको प्रयास गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका १२ दमाबती टोल निवासी २८ बर्षिया लक्ष्मी यादवमाथि पती महि नारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका हुन् । महिनारायण पुर्व प्रहरी हुन् ।
खुकुरी प्रहारबाट लक्ष्मीको टाउँको र घाटीमा गम्भीर चोट लागेको छ । उनको टाउँको र घाटीमा गरी ३६ वटा टाका लगाइएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै लक्ष्मीको जिउँभर निलडाम समेत देखिएको छ ।
उनलाई स्थानिय गजेन्द्र नरायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचार पछि थप उपचारका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
लक्ष्मीको अवस्था गम्भीर बन्दै गएपछि परिवारजनको आग्रहमा थपउपचारका लागी रेफर गरिएको उनको उपचारका संलग्न डा. प्रमोद कुमार यादवले जानकारी दिएका छन् ।
दिउँसो लक्ष्मी तरकारी बारीतर्फ जाँदै गर्दा उनका पति महिनारायण मोटरसाईकलबाट आर्लेर नागरिकता बनाई दिनु भन्दै टेन्सन दिन्छस भन्दै एक्कासी अन्धाधुन्द खुकुरी प्रहार गरेको लक्ष्मीका हजुरबुवा शिव नारायणले बताए । खुकुरी प्रहारबाट खेतमै लक्ष्मी ढल्दा मरेको ठानेर पति महिनारायण खुकुरी नजिकैको नहरमा फ्याली फरार भएको उनले सुनाए ।
लक्ष्मीका पति महि नारायणले केही महिना अघि मात्र दोस्रो बिहे गरका थिए । बिहेको १० वर्ष भन्दा बढी भई सक्दा पनि लक्ष्मीलाई नागरिकता नबनाई अर्को विवाह गरेपछि संशकित बनेकी लक्ष्मीले पटक पटक नागरिकता बनाई दिन दवाव दिदै आएकी थिईन ।
यसबारे गाउँमा पटक पटक पंचायती बसी लक्ष्मीको नागरिकता बनाईदिने पति महि नारायणले प्रतिबद्धता गरेपनि आलटाल गर्दै आएको स्थानिय गाउँलेले बताएका छन् । सोही विषयमा लक्ष्मीले मंगलबार पनि गाउँमा कुरा उठाउने तयारी गरीरहँदा आक्रोशित बनेका महिनारायणले हत्या प्रयास गरेको स्थानियको भनाई छ ।
यता घटना पछि फरार रहेका महि नारायणको खोजी कार्य तिब्र बनाईएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए ।
नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
सारांश
- सप्तरी सदरमुकाम राजविराज नगरपालिका १२ दमाबती टोल निवासी २८ बर्षिया लक्ष्मी यादवमाथि पती महि नारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका हुन् ।
- महिनारायण पुर्व प्रहरी हुन् ।
- खुकुरी प्रहारबाट लक्ष्मीको टाउँको र घाटीमा गम्भीर चोट लागेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया