कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २४, २०७८
|
|
२४ पटक हेरिएको
Shares
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 

सारांश

  •     मतदान स्थल व्यवस्थित गर्ने विषयमा गत शनिबार निर्वाचन शुरु भई झण्डै ६० प्रतिशत मत खसिसकेको अवस्थामा संस्थापन र इतर पक्षाबीच विवाद चर्किएपछि स्थगन गरिएको मतदान मंगलबार सम्पन्न भएको हो ।
  •       मंगलबार सम्पन्न भएको मतदान भने राजविराजस्थित पविमाविमा भएको हो ।
  • यसअघि शनिबार गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा मतदान स्थल राखिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
    नेपाली काँग्रेस सप्तरीको विवाद पश्चात् शनिवार स्थगन भएको जिल्ला कार्यसमितिको निर्वाचन मंगलवार अबेर साँझ कडा सुरक्षा बीच सम्पन्न भएको छ । 
    मतदान स्थल व्यवस्थित गर्ने विषयमा गत शनिबार निर्वाचन शुरु भई झण्डै ६० प्रतिशत मत खसिसकेको अवस्थामा संस्थापन र इतर पक्षाबीच विवाद चर्किएपछि स्थगन गरिएको मतदान मंगलबार सम्पन्न भएको हो । 
    मंगलबार सम्पन्न भएको मतदान भने राजविराजस्थित पविमाविमा भएको हो । यसअघि शनिबार गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा मतदान स्थल राखिएको थियो । 
    काँग्रेसको जिल्ला निर्वाचनमा संस्थापन पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट रामदेव साहको प्यानल चुनावी मैदानमा छन् । यादव संस्थापन र साह शेखर कोइराला पक्षका हुन । यादव अहिले जिल्ला कार्यसमितिका सचिव र साह महाधिवेशन प्रतिनिधि हुन् । 
    सभापति र पदाधिकारीसहित कुल ८४ पदमा हुने निर्वाचनमा हरेक पदमा २÷२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा जिल्लाको वडा, गाउँ, नगर, क्षेत्र, प्रदेश र केन्द्रका प्रतिनिधि गरी २ हजार ५ सय ३५ मतदाता छन् । 
    मुख्य निर्वाचन अधिकृत रुद्रनारायण शर्माका अनुसार अबेर साँझसम्म मतदान प्रक्रिया चलेकोले बुधवार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए । सम्पूर्ण मतपरिणाम आउँन भने दुई दिन समय लाग्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
जग्गा विवादमा परिवारै कुटिए
जग्गा विवादमा परिवारै कुटिए
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह